पुरुषप्रति घृण फैलाउने फिल्म ‘रमिताको पिरती’ बनाएको भन्दै नायिका आनाविरुद्ध मुद्दा « Khabarhub

पुरुषप्रति घृण फैलाउने फिल्म ‘रमिताको पिरती’ बनाएको भन्दै नायिका आनाविरुद्ध मुद्दा


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लैङ्गिक विभेद र पुरुषप्रति घृणा फैलाउने फिल्म ‘रमिताको पिरती’ बनाएको भन्दै नायिका आना शर्माविरुद्ध मुद्दा परेको छ ।

उक्त फिल्म प्रदर्शनको स्थागितको माग गर्दै उच्च अदालत पाटनमा अधिवक्ता सृष्टि भट्ट र लक्ष्मी तामाङले फागुन ८ गते मुद्दा दायर गरेका हुन् ।

फिल्ममा प्रयोग भएको संवादमा निवेदक पक्षको विशेष आपत्ति रहेको छ । यो फिल्मले पुरुषहरुप्रति विभेद सिर्जना गरेको उनीहरुको दाबी छ ।

आनाले फिल्ममा बोल्ने संवाद ‘फ* यु मेल’लाई उनीहरुले सामाज भड्काउन सहयोग गर्नेका रुपमा अर्थाएका छन् ।

फिल्मको प्रयोग भएको अर्को ‘तिमी पुरुष सम्बन्धबिच्छेदको कारण मात्र हुने गरेको’ संवादमा पनि उनीहरुको आपत्ति छ ।

चलचित्र बिकास बोर्डलाई पनि निवदेकले विपक्षी बनाएका छन् । राम्रोसँग जाँचबुझ नगरी फिल्म प्रदर्शनको अधिकार दिएको उनीहरुको तर्क छ ।

यो फिल्मको प्रदर्शन स्थगित गर्नेसमेत निवेदकले अदालतसँग आदेश मागेका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ७ : ५२ बजे

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने