पुरुषप्रति घृण फैलाउने फिल्म ‘रमिताको पिरती’ बनाएको भन्दै नायिका आनाविरुद्ध मुद्दा « Khabarhub

पुरुषप्रति घृण फैलाउने फिल्म ‘रमिताको पिरती’ बनाएको भन्दै नायिका आनाविरुद्ध मुद्दा


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लैङ्गिक विभेद र पुरुषप्रति घृणा फैलाउने फिल्म ‘रमिताको पिरती’ बनाएको भन्दै नायिका आना शर्माविरुद्ध मुद्दा परेको छ ।

उक्त फिल्म प्रदर्शनको स्थागितको माग गर्दै उच्च अदालत पाटनमा अधिवक्ता सृष्टि भट्ट र लक्ष्मी तामाङले फागुन ८ गते मुद्दा दायर गरेका हुन् ।

फिल्ममा प्रयोग भएको संवादमा निवेदक पक्षको विशेष आपत्ति रहेको छ । यो फिल्मले पुरुषहरुप्रति विभेद सिर्जना गरेको उनीहरुको दाबी छ ।

आनाले फिल्ममा बोल्ने संवाद ‘फ* यु मेल’लाई उनीहरुले सामाज भड्काउन सहयोग गर्नेका रुपमा अर्थाएका छन् ।

फिल्मको प्रयोग भएको अर्को ‘तिमी पुरुष सम्बन्धबिच्छेदको कारण मात्र हुने गरेको’ संवादमा पनि उनीहरुको आपत्ति छ ।

चलचित्र बिकास बोर्डलाई पनि निवदेकले विपक्षी बनाएका छन् । राम्रोसँग जाँचबुझ नगरी फिल्म प्रदर्शनको अधिकार दिएको उनीहरुको तर्क छ ।

यो फिल्मको प्रदर्शन स्थगित गर्नेसमेत निवेदकले अदालतसँग आदेश मागेका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ७ : ५२ बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि