रास्वपा कार्यकर्ताले झण्डा जलाएपछि एमालेले निकाल्यो राँके जुलुस, जलाइयो बालेनको पुत्ला (तस्बिरहरु) « Khabarhub

रास्वपा कार्यकर्ताले झण्डा जलाएपछि एमालेले निकाल्यो राँके जुलुस, जलाइयो बालेनको पुत्ला (तस्बिरहरु)


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रास्वपाका कार्यकर्ताले पार्टीको झण्डा जलाएको विरोधमा नेकपा एमालेका जनसंगठनहरुले राँके जुलुस निकालेका छन् । बिहीबार राति दाङको तुलसीपुरमा पार्टीको झण्डा जलाएको विरोधमा उनीहरुले शुक्रबार साँझ राँके जुलुस निकालेका हुन् ।

जुलुसमा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको पुत्ला समेत जलाइएको थियो ।

नाराबाजीसहित राँके जुलुस निकालेपछि प्रहरीले हस्तक्षेप गरी निभाएको थियो । जनताबाट पराजयको डरले एमालेको चुनावी अभियानलाई बिथोल्नका लागि पार्टीको झण्डा जलाएने काम भएको युवा संघका अध्यक्ष महाराज गुरुङले बताए ।

उनले निर्वाचन नै भाड्न खोज्ने गरि भएको कामका विरोध गर्दै यस्ता कामलाई निस्तेज पार्ने उल्लेख गरे । गुरुङले एमालेका जनवर्गीय संगठन संविधानलाई जोगाउनका लागि डटेर लाग्ने बताए ।

आफ्नो पार्टीको झण्डा जलाइएपछि एमालेले उक्त घटनाको भर्त्सना गर्दै झण्डा जलाउनेहरूलाई तत्काल पहिचान गरी कानुनी दायरामा लिई कारबाही गर्न माग समेत गरेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ७ : १० बजे

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो

पूर्वसूचनाले घटायो बर्दियामा विपद्को क्षति

बर्दिया–  मौसम पूर्वानुमान महाशाखाले हुनसक्ने सम्भावित बाढी तथा डुबानको समस्याका

बागमती खोलामा एक जनाको शव फेला

काठमाडौं– बागमती खोलामा एक जनाको शव फेला परेको छ ।