रास्वपा कार्यकर्ताले झण्डा जलाएपछि एमालेले निकाल्यो राँके जुलुस, जलाइयो बालेनको पुत्ला (तस्बिरहरु) « Khabarhub

रास्वपा कार्यकर्ताले झण्डा जलाएपछि एमालेले निकाल्यो राँके जुलुस, जलाइयो बालेनको पुत्ला (तस्बिरहरु)


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रास्वपाका कार्यकर्ताले पार्टीको झण्डा जलाएको विरोधमा नेकपा एमालेका जनसंगठनहरुले राँके जुलुस निकालेका छन् । बिहीबार राति दाङको तुलसीपुरमा पार्टीको झण्डा जलाएको विरोधमा उनीहरुले शुक्रबार साँझ राँके जुलुस निकालेका हुन् ।

जुलुसमा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको पुत्ला समेत जलाइएको थियो ।

नाराबाजीसहित राँके जुलुस निकालेपछि प्रहरीले हस्तक्षेप गरी निभाएको थियो । जनताबाट पराजयको डरले एमालेको चुनावी अभियानलाई बिथोल्नका लागि पार्टीको झण्डा जलाएने काम भएको युवा संघका अध्यक्ष महाराज गुरुङले बताए ।

उनले निर्वाचन नै भाड्न खोज्ने गरि भएको कामका विरोध गर्दै यस्ता कामलाई निस्तेज पार्ने उल्लेख गरे । गुरुङले एमालेका जनवर्गीय संगठन संविधानलाई जोगाउनका लागि डटेर लाग्ने बताए ।

आफ्नो पार्टीको झण्डा जलाइएपछि एमालेले उक्त घटनाको भर्त्सना गर्दै झण्डा जलाउनेहरूलाई तत्काल पहिचान गरी कानुनी दायरामा लिई कारबाही गर्न माग समेत गरेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ७ : १० बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका