पोखरा विश्वविद्यालयका छ हजार छ सय २२ दीक्षित « Khabarhub

पोखरा विश्वविद्यालयका छ हजार छ सय २२ दीक्षित


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

गण्डकी – पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहमा आज छ हजार ६२२ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयको केन्द्रीय कार्यालय पोखरा–३० खुदी ढुङ्गेपाटनमा सम्पन्न समारोहमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री सुशीला कार्कीले विद्यार्थीहरूलाई दीक्षित गराए ।

दीक्षान्त समारोहमा छ दशक लामो राष्ट्रिय तथा अन्तरराष्ट्रिय अनुभव सँगालिएकी चाँदनी जोशी प्रमुख अतिथिका रूपमा रहेका थिए ।

दीक्षान्त समारोहमा व्यवस्थापन सङ्कायबाट तीन हजार ६२५, विज्ञान तथा प्रविधिबाट दुुई हजार ५०६, स्वास्थ्य विज्ञानबाट ३६५ र मानविकी तथा सामाजिक शास्त्र सङ्कायबाट १२६ विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जनाएको छ । दीक्षान्त समारोहअघि प्रधानमन्त्री एवं कुलपति कार्कीको अध्यक्षतामा बसेको २१औँ विश्वविद्यालय सभाको विशेष बैठकले उपाधिका लागि योग्य विद्यार्थीहरूको ग्रेस लिष्ट पारित गरेको थियो ।

उक्त अवसरमा प्रधानमन्त्री कार्कीले विभिन्न विषयमा उत्कृष्ट विद्यार्थीलाई विभिन्न पदकबाट सम्मानित गरेका थिए । उक्त अवसरमा शैक्षिक उत्कृष्टता प्रदर्शन गर्ने ६६४ जना विद्यार्थी ‘डीन लिस्ट’ उपाधिबाट सम्मानित भएका थिए ।

विसं २०५४ मा स्थापित विश्वविद्यालयमा हाल ३७ हजार ५९३ जना विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयले देशभरका ६६ वटा महाविद्यालय (पाँच आङ्गिक, तीन संयुक्त आङ्गिक र ५८ सम्बन्धन प्राप्त) मार्फत ७४ वटा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ८ : १४ बजे

भीरबाट लडेर एक बालिकाको मृत्यु

बागमती– मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित चुत्रोघारीडाँडा जंगलमा भीरबाट लडेर एक बालिकाको

निर्माण व्यवसायीले काम नगर्दा हरिचौर–मल्म–पाण्डवखानी सडक अधुरो

गलकोट– दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी

समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सङ्घीय सरकारबाट समपूरक

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको

रास्वपालाई बधाई दिँदै गगनले भने : गिरीबन्धु, वाइडबडी प्रकरण र नेताका घरमा भेटिएका पैसाको छानबिन हुनुपर्छ

काठमाडौं- सभापति गगनकुमार थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन