चोरीका मोटरसाइकलको पार्टपुर्जासहित तीन जना पक्राउ « Khabarhub

चोरीका मोटरसाइकलको पार्टपुर्जासहित तीन जना पक्राउ


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले चोरीका मोटरसाइकलको पार्टपुर्जा निकाली बिक्री तथा अन्य मोटरसाइकलमा जडान गर्ने कार्यमा संलग्न तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा मोरङ कानेपोखरी गाउँपालिका–६ घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–७ हात्तिगौँडा बस्ने ३१ वर्षीय लक्ष्मण विश्वकर्मा, अर्घाखाँचीको शितगङ्गा गाउँपालिका–२ घर भई बूढानीलकण्ठ–६ हात्तिगौँडा बस्ने २८ वर्षीय नरबहादुर चित्रे र बुढानिलकण्ठ–७ हात्तिगौँडा बस्ने ३८ वर्षीय करण खड्गी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

उनले भने, “बुढानिलकण्ठ–७ हात्तिगौँडा र काठमाडौँ महानगरपालिका–२२ सङ्कटा मन्दिर नजिक पार्किङ गरी राखेको बाप ०२–०१६ प ६१४३ नम्बरको मोटरसाइकल चोरी गरी पाटपुर्जासमेत निकाली बिक्री वितरण तथा अन्य मोटरसाइकलमा जडान गरिएको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको टोलीले निजहरूलाई पक्राउ गरेको हो ।” पक्राउ परेकाहरूमाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

निजहरूको साथबाट दुई थान टायर, इञ्जिनको भाग, भाइजर, चेसिस नम्बर काटेको टुक्राहरू, साइलेन्सर, टेङ्की, सकको भाग, मोटरसाइकलको पाटपुर्जा निकाल्न प्रयोग हुने विभिन्न समान, उक्त चोरीका मोटरसाइकलको पाटपुर्जा निकाली जडान गरिएका तीन वटा मोटरसाइकल बरामद गरिएको प्रहरी उपरीक्षक भट्टराईले बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ८ : २७ बजे

निर्माण व्यवसायीले काम नगर्दा हरिचौर–मल्म–पाण्डवखानी सडक अधुरो

गलकोट– दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी

समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सङ्घीय सरकारबाट समपूरक

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको

रास्वपालाई बधाई दिँदै गगनले भने : गिरीबन्धु, वाइडबडी प्रकरण र नेताका घरमा भेटिएका पैसाको छानबिन हुनुपर्छ

काठमाडौं- सभापति गगनकुमार थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन

वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

जेरुसलेम- इजरायलले वेस्टब्याङ्क क्षेत्रका प्यालेस्टाइनीहरू र उनीहरूको सम्पत्तिमाथि गरेको निरन्तरको