आज विश्व हिमनदी दिवस « Khabarhub

आज विश्व हिमनदी दिवस


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज विश्व हिमनदी दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा गत वर्षदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । हिमनदीको महत्व र संरक्षणबारे विश्वव्यापी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस हरेक वर्ष  २० मार्चमा मनाइन्छ । 

पृथ्वीको पारिस्थितिक प्रणालीका लागि महत्वपूर्ण मानिने हिमनदीहरूले ताजा पानीको प्रमुख स्रोतका रूपमा काम गर्नुका साथै समुद्री सतह सन्तुलनमा राख्न र जैविक विविधतालाई संरक्षण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ । 

हिमनदी विश्वभरका करोडौँ मानिसका लागि पानीका आधारसमेत हुन् । पछिल्लो समय बढ्दो विश्वव्यापी तापक्रमका कारण हिमनदी तीव्र गतिमा पग्लिरहेका छन्, जसले पानीको अभाव, समुद्री सतह वृद्धि तथा बाढी र पहिरो जस्ता प्राकृतिक विपद्को जोखिम बढाइरहेको छ ।

विश्वभरको पारिस्थितिक प्रणाली, मानव जीवनयापन र अर्थतन्त्रमा गम्भीर असर पार्ने जोखिम बढाएकामा चिन्ता व्यक्त गर्दै उक्त विश्व संस्थाले यो चुनौतीलाई सम्बोधन गर्न हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणका लागि ठोस कदम चाल्न अपरिहार्य भएको बताएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ७ : २० बजे

एक वर्षमा ७ हजार ७ सय १६ विपद्का घटना : ४ सय ९६ जनाको मृत्यु, १३ हजार परिवार प्रभावित 

काठमाडौं– एक वर्षमा देशभर भएका विभिन्न बिपद्का घटनमा परी  ४

इरानमा १६०० बढी मृत्युदण्ड

एजेन्सी– इरानमा सन् २०२५ मा मृत्युदण्डको प्रयोग चिन्ताजनक रूपमा तीव्र

अमेरिकी नाकाबन्दी प्रयासबीच इरानको चेतावनी, बेलायतले ट्रम्पको योजनामा साथ नदिने

तेहरान- इरानले फारस खाडी र ओमान सागरका बन्दरगाहबारे कडा चेतावनी

भक्तपुरमा ठड्याइयो हात नभएको लिङ्गो

काठमाडौं– भक्तपुरको प्रसिद्घ बिस्काः जात्रा अन्तर्गत सोमबार तालाक्वस्थित कुम्हाले टोलमा

कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते

मुस्ताङ– काठमाडौँ पोखरा हुँदै मुस्ताङको नेपाल-चीन उत्तरी कोरलानाकातर्फ जाँदै गरेको