इरानमा आक्रमण गरेर फर्किएको अमेरिकी सैन्य विमानको आकस्मिक अवतरण « Khabarhub

इरानमा आक्रमण गरेर फर्किएको अमेरिकी सैन्य विमानको आकस्मिक अवतरण


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक ‘एफ-३५’ युद्धविमानले मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण गरेको छ। अमेरिकी सैन्य अधिकारीका अनुसार इरानी आकाशमा युद्ध मिसन पूरा गरी फर्कने क्रममा उक्त विमानमा समस्या देखिएको हो।

अमेरिकी केन्द्रीय कमाण्ड (सेन्ट्रकम) का प्रवक्ता क्याप्टेन टिम हकिन्सले बिहीबार विमानको सुरक्षित अवतरण भएको र पाइलटको अवस्था सामान्य रहेको जानकारी दिएका छन्।

हकिन्सले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “इरानमाथि सैन्य अभियान चलाएर फर्किएको अमेरिकी एफ-३५ विमानले क्षेत्रीय सैन्य अखडामा आकस्मिक अवतरण गरेको प्रतिवेदनबारे हामी सचेत छौँ। विमान सुरक्षित अवतरण भएको छ र पाइलटको स्वास्थ्य अवस्था स्थिर छ। यस घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।”

सिएनएनले अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै जनाएअनुसार, झण्डै १० करोड डलर मूल्य पर्ने उक्त अत्याधुनिक विमानलाई इरानले प्रहार गरेको हुन सक्ने सम्भावना छ। यता इरानको इस्लामिक रिभोलुसनरी गार्डले पनि एक विज्ञप्ति जारी गर्दै आफूहरूले अमेरिकी विमानलाई निशाना बनाएको दाबी गरेको छ। यद्यपि, विमान कुन कारणले आकस्मिक अवतरण गर्न बाध्य भयो भन्नेबारे अमेरिकाले औपचारिक पुष्टि गरिसकेको छैन।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ८ : १५ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स