इरानमा आक्रमण गरेर फर्किएको अमेरिकी सैन्य विमानको आकस्मिक अवतरण « Khabarhub

इरानमा आक्रमण गरेर फर्किएको अमेरिकी सैन्य विमानको आकस्मिक अवतरण


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक ‘एफ-३५’ युद्धविमानले मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण गरेको छ। अमेरिकी सैन्य अधिकारीका अनुसार इरानी आकाशमा युद्ध मिसन पूरा गरी फर्कने क्रममा उक्त विमानमा समस्या देखिएको हो।

अमेरिकी केन्द्रीय कमाण्ड (सेन्ट्रकम) का प्रवक्ता क्याप्टेन टिम हकिन्सले बिहीबार विमानको सुरक्षित अवतरण भएको र पाइलटको अवस्था सामान्य रहेको जानकारी दिएका छन्।

हकिन्सले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “इरानमाथि सैन्य अभियान चलाएर फर्किएको अमेरिकी एफ-३५ विमानले क्षेत्रीय सैन्य अखडामा आकस्मिक अवतरण गरेको प्रतिवेदनबारे हामी सचेत छौँ। विमान सुरक्षित अवतरण भएको छ र पाइलटको स्वास्थ्य अवस्था स्थिर छ। यस घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।”

सिएनएनले अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै जनाएअनुसार, झण्डै १० करोड डलर मूल्य पर्ने उक्त अत्याधुनिक विमानलाई इरानले प्रहार गरेको हुन सक्ने सम्भावना छ। यता इरानको इस्लामिक रिभोलुसनरी गार्डले पनि एक विज्ञप्ति जारी गर्दै आफूहरूले अमेरिकी विमानलाई निशाना बनाएको दाबी गरेको छ। यद्यपि, विमान कुन कारणले आकस्मिक अवतरण गर्न बाध्य भयो भन्नेबारे अमेरिकाले औपचारिक पुष्टि गरिसकेको छैन।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ८ : १५ बजे

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको