सेतो मच्छिन्द्रनाथ रथयात्राको तयारी सुरु (तस्बिरहरू)  « Khabarhub

सेतो मच्छिन्द्रनाथ रथयात्राको तयारी सुरु (तस्बिरहरू) 


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेतो मच्छिन्द्रनाथ रथयात्रा का लागि रथ निर्माण कार्य सुरु भएको छ। जमलस्थित तीनधारा पाठशालामा रथ बनाउन थालिएको सेतो मच्छिन्द्रनाथ व्यवस्थापन समितिले जनाएको छ।

वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वर (करुणामय) को मूर्तिलाई राखेर नगर परिक्रमा गराइने यो रथयात्रा काठमाडौं उपत्यकाको महत्वपूर्ण सांस्कृतिक परम्परा हो। विशेषगरी वृद्धवृद्धालाई दर्शन गराउने उद्देश्यले रथलाई नगरभर घुमाउने चलन रहँदै आएको छ।

यस वर्ष चैत १२ गते रथयात्रा पर्ने भएकाले तृतीयादेखि नै रथ निर्माण सुरु गरिएको हो। परम्पराअनुसार रथलाई बेतले बाँध्ने गरिन्छ, जसलाई नेवारी भाषामा ‘पाउ’ भनिन्छ।

रथयात्राको क्रममा जनबहालस्थित मन्दिरबाट करुणामयको मूर्तिलाई खटमा राखेर तीनधारा पाठशालामा तयार गरिएको रथमा प्रतिस्थापन गरिन्छ। त्यसपछि रथलाई नगर परिक्रमा गराइन्छ। अन्तिम दिन लगनटोलमा रहेको मच्छिन्द्रनाथकी आमाको प्रतीक स्थललाई तीन पटक परिक्रमा गराएपछि जात्रा सम्पन्न हुने परम्परा छ।

किम्वदन्तीअनुसार परापूर्वकालमा जमल क्षेत्रको खेतमा एक ज्यापुले खेत जोत्ने क्रममा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारेका थिए। उक्त मूर्तिलाई घर लगेर धानको भकारीमा राख्दा जति धान निकाल्दा पनि नसकिएपछि अन्‍नदाताका रूपमा मान्यता दिँदै जनबहालमा स्थापना गरिएको विश्वास छ। यही कारण अहिले पनि मूर्ति भेटिएकै स्थान जमलमा रथ बनाउने परम्परा कायम छ।

काठमाडौं उपत्यकामा सेतो मच्छिन्द्रनाथका साथै बनेपा र नालामा सेतो, तथा ललितपुरको बुङमती र चोभारमा रातो मच्छिन्द्रनाथको पूजा गर्ने परम्परा छ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ९ : ५४ बजे

रसुवा बाढीमा ४०३ पर्यटक बेपत्ता, अधिकांश विदेशी

काठमाडौं – रसुवामा बुधबार आएको विनाशकारी बाढीले पर्यटकमाझ ठूलो त्रास

रसुवा बाढीमा फेसका ११४ जनाको हवाई उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै

रसुवा बाढी : जलविद्युत आयोजनाका १३३ भन्दा बढी कर्मचारी सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत आयोजना

विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न निर्देशन

काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाढीबाट भएको

भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सरकारको अपिल

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको