भारतमा तहल्का पिट्दै ‘धुरन्धर २’, नेपालमा बिहान ३ बजे छुट्ने गरी शो « Khabarhub

भारतमा तहल्का पिट्दै ‘धुरन्धर २’, नेपालमा बिहान ३ बजे छुट्ने गरी शो


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ अहिलेसम्मकै उच्च ओपनिङ गर्दै बलिउडमा तहल्का पिटेको छ ।

स्याकनिल्कका अनुसार प्रदर्शनको पहिलो दिन बिहीबार यो फिल्मले १०२ करोड नेट कलेक्सन गरेको हो ।

यो फिल्म हेर्नका लागि भारतीय हलमा दर्शकको चाप निकै उच्च छ । पहिलो दिन २१ हजारभन्दा बढी शो पाएको यस फिल्मको अकुपेन्सी ७१ प्रतिशतभन्दा बढी रहेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

यो फिल्मको चर्चा सामाजिक सञ्जालमा पनि तहल्का पिटिरहेको छ । बलिउड फिल्मका लागि ‘धुरन्धर २’को ओपनिङ ऐतिहासिक हो ।

यसअघि कुनै पनि बलिउड फिल्मले १०० करोडको ओपनिङ नेट कलेक्सन गरेका थिएनन् ।

दोस्रो उच्च ओपनिङ कलेक्सन गर्ने फिल्म शाहरुख खानको ‘जवान’ बनेको छ । यो फिल्मले ८९ करोड नेट कलेक्सन गरेको थियो ।

दक्षिण भारतीय फिल्का लागि चाहिँ १०० करोड नेट कलेक्सन नौलो होइन । अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पा २’ले भने १६४ करोड नेट कलेक्सनको ओपनिङ गरेको थियो । अन्य फिल्महरूले पनि यो आकडा पार गरेका छन् ।

नेपालमा पनि ‘धुरन्धर २’ बिहीबारबाट प्रदर्शनमा आएको छ । हलहरू उदार बनेर शो दिएका छन् । बुकिङ पनि उच्च छ । केही हलहरूले राति ११ बजेको शो पनि छुट्याएका छन् । जुन शो सकिन बिहानको ३ बज्छ ।

‘धुरन्धर’ले नेपालमा करिब ११ करोडको व्यापार गरेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  १२ : ४५ बजे

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सम्पन्न, डा. कार्की पहिलो अध्यक्ष निर्वाचित 

काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो

पिएम कपमा विनोद भण्डारीको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले