इरानी आक्रमणले कतारलाई ठूलो क्षति : ग्यास आपूर्ति कम्तीमा ५ वर्ष प्रभावित हुन सक्ने « Khabarhub

इरानी आक्रमणले कतारलाई ठूलो क्षति : ग्यास आपूर्ति कम्तीमा ५ वर्ष प्रभावित हुन सक्ने


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

दोहा- इरानका पछिल्ला आक्रमणका कारण कतारको ग्यास उद्योगमा ठूलो क्षति पुगेको छ।

कतार इनर्जीका सीईओ साद अल-काबीका अनुसार देशको करिब १७ प्रतिशत एलएनजी निर्यात क्षमता प्रभावित भएको छ।

जसबाट वार्षिक करिब २० अर्ब डलर बराबरको नोक्सानी हुन सक्ने पनि उनले अनुमान गरेका छन् ।

आक्रमणमा रास लाफान एलएनजी प्लान्टसहित महत्वपूर्ण ग्यास संरचनाहरू क्षतिग्रस्त भएका छन्।

कम्तीमा दुई एलनएजी ट्रेन र एक ग्यास-टु-लिक्विड प्लान्ट बन्द भएका छन्, जसको मर्मतमा ३ देखि ५ वर्ष लाग्न सक्ने अनुमान छ।

यसको प्रभाव भारत, चीन, युरोप र दक्षिण कोरिया जस्ता देशहरूमा पर्नेछ, जसले कतारबाट ग्यास आयात गर्छन्।

भारतले आफ्नो कुल ग्यास आवश्यकताको करिब २० प्रतिशत कतारबाट ल्याउँछ। कतार इनर्जीले इटाली, बेल्जियम, चीन र दक्षिण कोरियातर्फको एलएनजी आपूर्तिमा ‘फोर्स मेज्योर’ लागू गर्ने बताएको छ र

जसअनुसार आपूर्ति सम्झौताअनुसार गर्न असमर्थ हुने अवस्था हो। आक्रमणपछि कन्डेन्सेट, एलपीजी, हेलियम र नाफ्था जस्ता अन्य ऊर्जा उत्पादनमा पनि गिरावट आउनेछ।

विश्वव्यापी असर

ऊर्जा विज्ञहरूका अनुसार रास लाफान एलएनजी प्लान्टमा भएको आक्रमणले विश्वभर ग्यास मूल्यमा ठूलो प्रभाव पार्न सक्छ।

पेरिसस्थित सेन्टर अन ग्लोबल एनर्जी पोलिसीकी विज्ञ एन-सोफी कोर्बोका अनुसार क्षतिको पूर्ण मूल्यांकन हुन बाँकी भए पनि मर्मतमा लामो समय लाग्ने सम्भावना छ।

उनले उदाहरण दिँदै २०२२ मा अमेरिकाको फ्रीपोर्ट एलएनजी प्लान्ट दुर्घटनापछि ८ महिना बन्द भएको बताइन् । सन् २०२० मा नर्वेको स्नोह्विट प्लान्ट आगलागीपछि करिब डेढ वर्षपछि मात्रै सञ्चालनमा आएको उनले उल्लेख गरिन्।

उनका अनुसार अवस्था जटिल बनेमा रास लाफान प्लान्ट २०२६ सम्म पूर्ण रूपमा सञ्चालनमा नआउन सक्छ ।

जसले एलएनजी आपूर्ति २०२१ को स्तरमा सीमित हुन सक्छ। यसले विश्वव्यापी ऊर्जा बजारमा ठूलो झट्का दिन सक्ने चेतावनी दिइएको छ।

कुवेतमा फेरि ड्रोन आक्रमण

कुवेतको सरकारी सञ्चारमाध्यमका मीना अल-अहमदी तेल रिफाइनरीमा शुक्रबार बिहान पुनः ड्रोन आक्रमण भएको छ।

कुवेत समाचार एजेन्सीका अनुसार आक्रमणपछि रिफाइनरीका केही भागमा आगलागी भएको छ । जसका कारण केही युनिट बन्द गर्नुपरेको छ। घटनामा मानवीय क्षतिको खबर छैन।

घटनापछि दमकल र आपतकालीन टोली घटनास्थलमा पुगेर नियन्त्रणको प्रयास गरेका छन्। यसअघि बिहीबार पनि उक्त रिफाइनरीमा आक्रमण भएको थियो।

यो रिफाइनरीले दैनिक करिब ४५४,००० ब्यारेल तेल उत्पादन गर्ने गर्दछ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  २ : १७ बजे

अमेरिकी तेल नाकाबन्दीको सामना गर्दै एक क्युवालीले चलाए कोइलाबाट गाडी

एजेन्सी- आठ कक्षासम्म पढेका क्युवाली मेकानिक ह्वान कार्लोस पिनोले अमेरिकी

घोडा चढ्ने मान्छे लड्छ, फेरि उठेर रेसमा जानुपर्छ : सांसद् खड्का

काठमाडौं- प्रतिनिधि सभामा ३८ सिट जितेको नेपाली कांग्रेसले यतिबेला निर्वाचनको

प्रभु बैंकले मनायो ‘ग्लोबल मनि विक- २०२६’

काठमाडौं– प्रभु बैंक लिमिटेडको कमलादी शाखाद्धारा ‘स्मार्ट मनी टक्स’ भन्ने मूल

पूर्णागिरि मेलापछि महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो लागेको छ ।  भारत उत्तराखण्डको

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन

लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आजदेखि ‘एमआरआई’सेवा सुरु भएको छ