मध्यपूर्व युद्धको असर : चीनले रासायनिक मल निर्यातमा लगायो प्रतिबन्ध « Khabarhub

मध्यपूर्व युद्धको असर : चीनले रासायनिक मल निर्यातमा लगायो प्रतिबन्ध


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनले घरेलु बजार सुरक्षित राख्न रासायनिक मल (फर्टिलाइजर) निर्यातमा प्रतिबन्ध लगाउन थालेको छ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार यसअघि नै इरान युद्धका कारण विश्व बजारमा दबाब बढिरहेका बेला चीनको यो कदम आएको हो ।

गत मार्च महिनामा बेइजिङले नाइट्रोजन-पोटासियम मिश्रित मल र केही फस्फेटयुक्त मलको निर्यातमा रोक लगाइसकेको छ।

यसअघि रहेका प्रतिबन्ध र युरियामा लगाइएको कोटासँगै अहिले चीनबाट सीमित मात्रामा मल निर्यात भइरहेको छ । अहिले विशेषगरी अमोनियम सल्फेट जस्ता मल मात्रै निर्यात भइरहेको छ।

यसको अर्थ, गत वर्षको तुलनामा चीनको करिब आधादेखि तीन-चौथाइ मल निर्यात प्रभावित हुन सक्छ, जुन करिब ४० मिलियन मेट्रिक टनसम्म हुन सक्छ।

चीन विश्वका सबैभन्दा ठूला मल निर्यातकर्तामध्ये एक हो । उसले गत वर्ष १३ अर्ब डलरभन्दा बढीको मल निर्यात गरेको थियो।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  २ : २२ बजे

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा