अर्जुननरसिंहले गरे कांग्रेस संसदीय दलको नेतामा दाबी « Khabarhub

अर्जुननरसिंहले गरे कांग्रेस संसदीय दलको नेतामा दाबी


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संघीय संसद्को प्रतिनिधिसभातर्फ संसदीय दलको नेतामा आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

शुक्रबार ललितपुरको सानेपामा सुरू केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन पुगेका उनले दलको नेतामा आफ्नो दाबी स्वाभाविक रहेको उल्लेख गरे ।

कांग्रेस सभापतिबाट राजीनामा दिएका नेता गगन थापाका ससुरासमेत रहेका उनले वरिष्ठताका आधारमा आफूले उक्त पदका लागि स्वतः दाबी गर्ने अवस्था रहेको बताए ।

लामो संसदीय अनुभव र योगदानका कारण दलको नेतामा दाबी प्रस्तुत गर्नु स्वाभाविक प्रक्रिया रहेको पनि केसीले बताए ।

केसीले विगतका संसदीय अभ्यासमा आफ्नो सक्रिय सहभागिता रहेको दाबी गरे । २०४७ सालपछि कांग्रेसको संसदीय यात्रामा आफ्नो महत्त्वपूर्ण भूमिका रहेको पनि उनले जिकिर गरे।

यस पटक समानुपातिकबाट संसद्मा प्रवेश गरेका ७७ वर्षीय केसीले आफू पार्टीभित्रको अनुभवी नेतामध्ये पर्ने बताए । उनले दलको नेतामा दाबी गर्नु उचित हुने पनि जिकिर गरे ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ३ : ०० बजे

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल