अर्जुननरसिंहले गरे कांग्रेस संसदीय दलको नेतामा दाबी « Khabarhub

अर्जुननरसिंहले गरे कांग्रेस संसदीय दलको नेतामा दाबी


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संघीय संसद्को प्रतिनिधिसभातर्फ संसदीय दलको नेतामा आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

शुक्रबार ललितपुरको सानेपामा सुरू केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन पुगेका उनले दलको नेतामा आफ्नो दाबी स्वाभाविक रहेको उल्लेख गरे ।

कांग्रेस सभापतिबाट राजीनामा दिएका नेता गगन थापाका ससुरासमेत रहेका उनले वरिष्ठताका आधारमा आफूले उक्त पदका लागि स्वतः दाबी गर्ने अवस्था रहेको बताए ।

लामो संसदीय अनुभव र योगदानका कारण दलको नेतामा दाबी प्रस्तुत गर्नु स्वाभाविक प्रक्रिया रहेको पनि केसीले बताए ।

केसीले विगतका संसदीय अभ्यासमा आफ्नो सक्रिय सहभागिता रहेको दाबी गरे । २०४७ सालपछि कांग्रेसको संसदीय यात्रामा आफ्नो महत्त्वपूर्ण भूमिका रहेको पनि उनले जिकिर गरे।

यस पटक समानुपातिकबाट संसद्मा प्रवेश गरेका ७७ वर्षीय केसीले आफू पार्टीभित्रको अनुभवी नेतामध्ये पर्ने बताए । उनले दलको नेतामा दाबी गर्नु उचित हुने पनि जिकिर गरे ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ३ : ०० बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली