रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार खगिन्द्रा खुशीलाई « Khabarhub

रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार खगिन्द्रा खुशीलाई


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठामाडौं- ‘तेस्रो आँखा साहित्यिक समूह’ले ‘रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार’ युवा साहित्यकार खगिन्द्रा खुशीलाई प्रदान गर्ने निर्णय गरेको छ। खुशीको उपन्यास ‘खुशीको गाउँ’ का लागि उक्त पुरस्कार दिने निर्णय भएको हो ।

सोसाइटीका अनुसार विभिन्न राष्ट्रिय पत्रिकामा आएका समालोचनाहरू, पुस्तकले उठाएका सामाजिक र सांस्कृतिक मुद्दा, आख्यानको बनोट र भाषागत विशिष्टता आदि आधारमा विज्ञको मूल्याङ्कनपछि ‘खुशीको गाउँ’ लाई उत्कृष्ट कृतिका रूपमा छनोट गरिएको हो।

कृतिले वर्तमान नेपाली समाजको प्रेम, जीवन र आर्थिक सामाजिक यथार्थलाई जीवन्त ढङ्गले प्रस्तुत गरेको बताइन्छ ।

समालोचकबाट राम्रो समालोचनासहित प्रशंसा पाएको उपन्यास ‘खुशीको गाउँ’ पुरस्कारका लागि योग्य ठहर गरिएको सोसाइटीले जनाएको छ।

यो सम्मान तथा पुरस्कार आउँदो २०८३ वैशाखमा राजधानीमा एक समारोह गरी प्रदान गरिने जनाइएको छ। २० हजार नगद र सम्मानपत्रद्वारा उनलाई सम्मानित गरिने भएको सोसाइटीका अध्यक्ष आरपी पौडेलले जनाएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ४ : २६ बजे

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक