रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार खगिन्द्रा खुशीलाई « Khabarhub

रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार खगिन्द्रा खुशीलाई


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठामाडौं- ‘तेस्रो आँखा साहित्यिक समूह’ले ‘रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार’ युवा साहित्यकार खगिन्द्रा खुशीलाई प्रदान गर्ने निर्णय गरेको छ। खुशीको उपन्यास ‘खुशीको गाउँ’ का लागि उक्त पुरस्कार दिने निर्णय भएको हो ।

सोसाइटीका अनुसार विभिन्न राष्ट्रिय पत्रिकामा आएका समालोचनाहरू, पुस्तकले उठाएका सामाजिक र सांस्कृतिक मुद्दा, आख्यानको बनोट र भाषागत विशिष्टता आदि आधारमा विज्ञको मूल्याङ्कनपछि ‘खुशीको गाउँ’ लाई उत्कृष्ट कृतिका रूपमा छनोट गरिएको हो।

कृतिले वर्तमान नेपाली समाजको प्रेम, जीवन र आर्थिक सामाजिक यथार्थलाई जीवन्त ढङ्गले प्रस्तुत गरेको बताइन्छ ।

समालोचकबाट राम्रो समालोचनासहित प्रशंसा पाएको उपन्यास ‘खुशीको गाउँ’ पुरस्कारका लागि योग्य ठहर गरिएको सोसाइटीले जनाएको छ।

यो सम्मान तथा पुरस्कार आउँदो २०८३ वैशाखमा राजधानीमा एक समारोह गरी प्रदान गरिने जनाइएको छ। २० हजार नगद र सम्मानपत्रद्वारा उनलाई सम्मानित गरिने भएको सोसाइटीका अध्यक्ष आरपी पौडेलले जनाएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ४ : २६ बजे

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ- काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

जुम्ली किसानलाई वर्षेबाली भित्र्याउन भ्याइनभ्याइ

जुम्ला – जुम्लाका किसानलाई यो याममा बर्खे बाली भित्र्याउन चटारो

सरकारको अपरिपक्वता र विवादास्पद कदमविरुद्ध सडकबाटै खबरदारी गर्छौँ : युवा नेता पराजुली

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता सुदेश पराजुलीले

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

ख्वप (भक्तपुर)- भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा

रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

काठमाडौँ- युएनएफपिएको सहयोगमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई