देशभर विपद्का ३१ घटना, एक जनाको मृत्यु, ४ जना घाइते  « Khabarhub

देशभर विपद्का ३१ घटना, एक जनाको मृत्यु, ४ जना घाइते 


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो २४ घण्टामा भएका विभिन्न विपदका घटनामा परी १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशभर पछिल्लो विवरणअनुसार ३१ वटा विपद्का घटना दर्ता भएका छन् । 

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म २२ जिल्लामा यी घटनाहरू फैलिएका छन् । विभिन्न प्रकारका विपदमध्ये आगलागी सबैभन्दा बढी देखिएको छ, जसका २५ वटा घटना दर्ता भएका छन् ।

यसैगरी, सर्पदंश, चट्याङ, हावाहुरी तथा वन्यजन्तु आक्रमणका घटनासमेत भएका छन् । सर्पदंशबाट एक जनाको मृत्यु भएको जनाइएको छ । अन्य घटनामा ४ जना घाइते भएका छन् । 

विपद्का कारण करिब २९ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । राहत तथा उद्धारका लागि नेपाल प्रहरीसहितका सुरक्षा निकाय परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले मौसम परिवर्तनसँगै यस्ता घटनाहरू बढ्न सक्ने भएकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ४ : ४२ बजे

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल