मौसम बिग्रिँदा विमानस्थल प्रभावित, चीनबाट आएको जहाज भारततिर डाइभर्ट « Khabarhub

मौसम बिग्रिँदा विमानस्थल प्रभावित, चीनबाट आएको जहाज भारततिर डाइभर्ट


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नपछि विशेषगरी तराईका केही जिल्लामा हुरीसहित असिना पानी परिरहेको जनाएको छ।

जसका कारण देशभरको मौसम दिउँसै अन्धकारमा परिणत हुँदा हवाई उडानहरू प्रभावित भएका छन् । विभागले ठूलो पानी आँधीहुरीसहित पर्ने भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।

अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा पानी परिरहेको छ। मौसम बिग्रिँदा काठमाडौंमा आउने र बाहिरिने हवाई उडान पनि प्रभावित भएको छ।

पछिल्लो पटक चीनको खुन्मिङबाट आएको चाइना इस्टर्न एयरलाइन्सको जहाज अवतरण हुन नसकी भारततर्फ डाइभर्ट गरिएको छ।

खुन्मिङबाट अपराह्न ४ बजे अवतरण गर्ने तालिकासहित आएको चाइना इस्टर्न एरलाइन्सको उडान नम्बर एमयु ९६१७ नम्बर कोलकाता डाइभर्ट भएको हो ।

उता आन्तरिक उडान पनि ठप्प भएको छ। विराटनगर र भद्रपुरबाटसहितका आन्तरिक उडानहरूलाई काठमाडौं आउन नदिई उतै फर्काइएको छ। अहिले त्रिभुवन विमानस्थल पूरै बन्द भएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ४ : ५० बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली