मौसम बिग्रिँदा विमानस्थल प्रभावित, चीनबाट आएको जहाज भारततिर डाइभर्ट « Khabarhub

मौसम बिग्रिँदा विमानस्थल प्रभावित, चीनबाट आएको जहाज भारततिर डाइभर्ट


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नपछि विशेषगरी तराईका केही जिल्लामा हुरीसहित असिना पानी परिरहेको जनाएको छ।

जसका कारण देशभरको मौसम दिउँसै अन्धकारमा परिणत हुँदा हवाई उडानहरू प्रभावित भएका छन् । विभागले ठूलो पानी आँधीहुरीसहित पर्ने भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।

अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा पानी परिरहेको छ। मौसम बिग्रिँदा काठमाडौंमा आउने र बाहिरिने हवाई उडान पनि प्रभावित भएको छ।

पछिल्लो पटक चीनको खुन्मिङबाट आएको चाइना इस्टर्न एयरलाइन्सको जहाज अवतरण हुन नसकी भारततर्फ डाइभर्ट गरिएको छ।

खुन्मिङबाट अपराह्न ४ बजे अवतरण गर्ने तालिकासहित आएको चाइना इस्टर्न एरलाइन्सको उडान नम्बर एमयु ९६१७ नम्बर कोलकाता डाइभर्ट भएको हो ।

उता आन्तरिक उडान पनि ठप्प भएको छ। विराटनगर र भद्रपुरबाटसहितका आन्तरिक उडानहरूलाई काठमाडौं आउन नदिई उतै फर्काइएको छ। अहिले त्रिभुवन विमानस्थल पूरै बन्द भएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ४ : ५० बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : एमाले सचिव बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष