पश्चिम एसिया युद्धको त्रासबीच ३ लाख भारतीय स्वदेश फर्किए, ६ जनाको मृत्यु « Khabarhub

पश्चिम एसिया युद्धको त्रासबीच ३ लाख भारतीय स्वदेश फर्किए, ६ जनाको मृत्यु


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मध्यपूर्व (पश्चिम एसिया) मा जारी युद्धका बीच गत फेब्रुअरी २८ देखि हालसम्म करिब ३ लाख मानिस खाडी मुलुकहरूबाट भारत फर्किएका छन्।

भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (गल्फ) असीम आर महाजनका अनुसार यूएईबाट शुक्रबार पनि करिब ९० वटा उडान सञ्चालन भइरहेका छन्। ओमान र साउदी अरेबियाबाट पनि नियमित उडान जारी रहेको उनले बताए।

कतारको आकाशीय मार्ग आंशिक रूपमा खुलेपछि केही उडान पुनः सुरु भएका छन् । कुवेत र बहराइनको एयरस्पेस अझै बन्द छ। कुवेत र बहराइनमा अलपत्र भारतीयलाई उद्धार गर्न विशेष उडानको व्यवस्था गरिएको छ।

यसैबीच, युद्धकै कारण खाडी मुलुकहरूमा ६ जना भारतीय नागरिकको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता रहेका छन्।

भारतीय विदेश मन्त्रालयका अनुसार साउदी अरेबिया, ओमान, इराक र युएईस्थित भारतीय दूतावासहरू स्थानीय प्रशासनसँग समन्वय गर्दै बेपत्ता व्यक्तिको खोजी र मृतकको शव स्वदेश ल्याउने प्रयासमा छन् ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ५ : ११ बजे

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि

प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको एक करोड एक लाख सहयोग

काठमाडौं- प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान