पश्चिम एसिया युद्धको त्रासबीच ३ लाख भारतीय स्वदेश फर्किए, ६ जनाको मृत्यु « Khabarhub

पश्चिम एसिया युद्धको त्रासबीच ३ लाख भारतीय स्वदेश फर्किए, ६ जनाको मृत्यु


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मध्यपूर्व (पश्चिम एसिया) मा जारी युद्धका बीच गत फेब्रुअरी २८ देखि हालसम्म करिब ३ लाख मानिस खाडी मुलुकहरूबाट भारत फर्किएका छन्।

भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (गल्फ) असीम आर महाजनका अनुसार यूएईबाट शुक्रबार पनि करिब ९० वटा उडान सञ्चालन भइरहेका छन्। ओमान र साउदी अरेबियाबाट पनि नियमित उडान जारी रहेको उनले बताए।

कतारको आकाशीय मार्ग आंशिक रूपमा खुलेपछि केही उडान पुनः सुरु भएका छन् । कुवेत र बहराइनको एयरस्पेस अझै बन्द छ। कुवेत र बहराइनमा अलपत्र भारतीयलाई उद्धार गर्न विशेष उडानको व्यवस्था गरिएको छ।

यसैबीच, युद्धकै कारण खाडी मुलुकहरूमा ६ जना भारतीय नागरिकको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता रहेका छन्।

भारतीय विदेश मन्त्रालयका अनुसार साउदी अरेबिया, ओमान, इराक र युएईस्थित भारतीय दूतावासहरू स्थानीय प्रशासनसँग समन्वय गर्दै बेपत्ता व्यक्तिको खोजी र मृतकको शव स्वदेश ल्याउने प्रयासमा छन् ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ५ : ११ बजे

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट