रास्वपाको जितबारे कांग्रेसको निष्कर्ष : असन्तुष्टिको उपज, लोकप्रियतावाद र मतदातामा एल्गोरिदमको एकोहोरो प्रभाव « Khabarhub

रास्वपाको जितबारे कांग्रेसको निष्कर्ष : असन्तुष्टिको उपज, लोकप्रियतावाद र मतदातामा एल्गोरिदमको एकोहोरो प्रभाव


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ को निर्वाचनमा पराजयलाई पूर्ण रूपमा आत्मसात गरेको छ । उपसभापति विश्वप्रकाश शर्माले शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेको प्रतिवेदनमा भनिएको छ, ‘हामी समग्र कांग्रेस यो पराजयको जिम्मेवार हौं ।’

सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिए पनि केन्द्रीय कार्यसमितिले ‘स्थिति सम्हाल्ने प्रधान नैतिक दायित्व’ भन्दै त्यसलाई अस्वीकृत

कांग्रेसले गत पुसमा भएको विशेष महाधिवेशनपछि मात्रै ५० दिनको समयमा परिवर्तनको सन्देश जनसमक्ष पुर्‍याउन नसकेको भन्दै आत्मआलोचना गरेको छ।

कांग्रेसले ३५ वर्षयताको ‘अदृश्य उपलब्धि’ र भाष्य चिर्न नसकेको स्वीकार गरेको छ। बितेको ३५ वर्षको अवधिमा शान्ति स्थापना, संविधान निर्माण, भूकम्प र कोभिड व्यवस्थापनमा आफ्नो निर्णायक भूमिका रहेको स्मरण पनि प्रतिवेदनमा गरिएको छ।

उपसभापति शर्माले प्रतिवेदनमा भनेका छन्, ‘यी सबै उपलब्धि जनजनमा पुर्‍याउन सकेनौं।’ भ्रष्टाचार, ढिलासुस्ती र पुरानै अनुहारको छविका कारण ‘केही पनि भएन’ भन्ने भाष्य हावी भएको स्वीकार प्रतिवेदनमा गरिएको छ।

अर्कातिर विशेष महाधिवेशनको ‘५० दिन’ र छोटो समयको परिणाम निर्वाचनमा धक्का खाएको उल्लेख छ ।‘विशेष महाधिवेशनले ऊर्जा भरे पनि ५० दिनमा जनमन जित्न सकेनौं’, शर्माले भनेका छन्।

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व र परिवर्तनको सन्देश आए पनि त्यसलाई मतदाताको मन–मस्तिष्कसम्म पुर्‍याउन समय अपुग भएको कांग्रेसले स्वीकार गरेको छ।

‘परिवर्तनको सन्देश ग्रासरुटसम्म भयो, तर जनसमक्ष पुर्‍याउन सकिएन’ शर्माले छोटो समयलाई मुख्य कारण मानेको छ।

कांग्रसले यो चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीको जितलाई लोकप्रियतावाद र ‘एल्गोरिदमको उपनिवेश’ को प्रभाव भनेको छ। ‘लोकप्रियतावादको लहर र एल्गोरिदमको कैद- कांग्रेसको ठूलो कमजोरी’, प्रतिवेदनमा भनिएको छ।

निर्वाचनलाई ‘विचार र मुद्दा’ होइन, ‘असन्तुष्टि र आवेगको कच्चा पदार्थ’ बनाएर मत उत्पादन गरिएको भन्दै कांग्रेसले लोकप्रियतावादको विश्वव्यापी लहर र सामाजिक सञ्जालको एल्गोरिदमलाई आफ्नो पराजयको मुख्य कारण ठानेको छ। ‘एल्गोरिदमबाट नागरिकलाई स्वतन्त्रता दिलाउन अब दुई कदम अगाडि सोच्नुपर्छ’, शर्माले भनेका छन् ।

कांग्रेसले यो पराजयमा पनि ‘नैतिक विजय’ भएको ठरह गरेको छ। ‘पराजय भयो तर नीतिक विजय कांग्रेसकै आएको छ। अब रचनात्मक प्रतिपक्ष बनेर जानुपर्छ’, प्रतिवेदनमा भनिएको छ।

कांग्रेसले आफू दोस्रो दल भए पनि संविधान, संसदीय प्रणाली, संघीयता र उदार अर्थव्यवस्थालाई सबै दलले साझा मार्ग बनाएकोमा सन्तोष व्यक्त गरेको छ।

विशेष महाधिवेशनले ऊर्जा भरेको अवस्थामा आफ्नो पक्षमा नतिजा नआएकाले अब जिम्मेवार प्रतिपक्षको भूमिका खेल्ने प्रतिबद्धता कांग्रेसले गरेको छ।

भ्रष्टाचार र पुरानै अनुहारको छविले सबैभन्दा नकारात्मक भूमिका खेलेको पनि प्रतिवेदनमा उल्लेख छ । ‘भ्रष्टाचार नियन्त्रणमा चुक्यौं, पुरानै अनुहारको छविले जनता रिसाए’, शर्माले भनेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवासको जग्गा बिक्री, टेरामक्स जस्ता मुद्दामा पार्टीकै नेताहरूमाथि छानबिन गर्न आफैंले घोषणा गरेको स्मरण पनि शर्माले गरेका छन् ।

कांग्रेसले ‘भ्रष्टाचार ज्वलन्त मुद्दा बन्यो’ पनि भनेको छ। नेतृत्वमा ‘ग्रेसफुल एक्जिट’ नीति नबनाउँदा पुरानै अनुहार दोहोरिइरहेकाले जनतामा वितृष्णा बढेको स्वीकार पन कांग्रेसले गरेको छ।

कांग्रेसले ऐतिहासिक राजनीतिक विकासक्रम केलाउँदै यस पटकको चुनावी परिणामसँग जोडेर ‘न लगातार जित, न लगातार हार’ भनेको छ।

‘०४८ देखि ०८२ सम्म न दुईपटक लगातार जित, न दुईपटक हार भएको छ’, प्रतिवेदनमा भनिएको छ। कांग्रेसले ०४८ मा पहिलो, ०५१ मा दोस्रो, २०५६ मा पहिलो, २०६४ मा दोस्रो हुँदै यही क्रम ०८२ मा पनि दोहोर्‍याएको जनाएको छ। ‘यो संयोग मात्र होइन, यसमा गहिरो समीक्षा जरुरी छ’, प्रतिवेदनमा भनिएको छ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ५ : ५५ बजे

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी– यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस फुलेर

न्यायपालिकाको सुदृढीकरण आवश्यक : वरिष्ठ न्यायाधीश मल्ल

भक्तपुर– सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको सुदृढीकरण

सत्ता हातमा, संकट टाउकोमाथि : पश्चिम एसिया द्वन्द्वको चुनौती सामना गर्न तयार छन् बालेन ?

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनले नेपालको राजनीतिक

मुक्तिक्षेत्रमा भारी हिमपात, सडकसमेत अवरुद्ध हुनसक्ने

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ ।