काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ को निर्वाचनमा पराजयलाई विगतमा गरिएको गठबन्धन संस्कृति प्रमुख कारण रहेको निष्कर्ष निकालेको छ।
उपसभापति विश्वप्रकाश शर्माले शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेको प्रतिवेदनमा यस्तो कुरा उल्लेख गरिएको छ ।
सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिए पनि केन्द्रीय कार्यसमितिले ‘स्थिति सम्हाल्ने प्रधान नैतिक दायित्व’ भन्दै त्यसलाई अस्वीकृत गरेको छ।
कांग्रेसले यसअघि २०७९ मा गरिएको माओवादीसहितको गठबन्धन र २०८१ असार १७ गतेपछि एमालेसँग गरिएको सरकारी गठबन्धन दुवैले घाटा गरेको जनाएको छ।
‘संसद् जोगाउन बनेको गठबन्धनलाई चुनाव जित्न प्रयोग गरियो । त्यसका कारण पार्टी कार्यकर्ता र जनता दुवै असन्तुष्ट भए’, प्रतिवेदनमा भनिएको छ ।
‘नेकपाको आन्तरिक द्वन्द्वका कारण विघटित प्रतिनिधिसभा जोगाउन कांग्रेसले अग्रसरता लिएको थियो। यो बाध्यता र आवश्यकता दुवै थियो’, शर्माले भनेका छन्, ‘तर त्यही गठबन्धनलाई चुनाव जित्न प्रयोग गरिएपछि पार्टीभित्र चरम असन्तुष्टि र जनतामा ‘गठबन्धन’ शब्द नै अलोकप्रिय बन्न पुग्यो।’
उनले उक्त चुनावी गठबन्धन अपारदर्शी ढंगले, महामन्त्री तहमा समेत सल्लाह नगरी रातारात भएको पनि दाबी गरेका छन् ।
कांग्रेसको प्रारम्भिक चुनावी समीक्षाले एमालेसँगको गठबन्धनलाई फागुन २१ मा पराजयको एउटा प्रमुख कारण ठानेको छ।
‘दुई ठूला दल मिलेर सरकार बनेपछि जनतामा ‘ब तीव्र विकास हुन्छ’, भन्ने अपेक्षा बढ्यो, तर सरकारको प्रस्तुति औसत रह्यो’, प्रतिवेदनमा भनिएको छ, ‘२०८१ असार १७ गतेको ७ बुँदे सम्झौतामा संविधान संशोधन, प्रदेश अधिकार, शिक्षा विधेयक, निजामती विधेयक जस्ता विषय उल्लेख थिए, तर संविधान संशोधन कार्यदलसमेत गठन भएन।’
पछिल्लो पटक सामाजिक सञ्जाल विधेयक जस्ता संवेदनशील विषय गठबन्धनको सहमतिबिना नै दर्ता हुँदा जनतामा रोष बढेको प्रतिवेदनमा भनिएको छ।
‘एमालेसँगको गठबन्धनले प्रतिपक्षी स्वर कमजोर बनायो। दुई मुख्य दलमध्ये एकले सत्तापक्ष बनेपछि संसदमा नागरिकका असन्तुष्टि गर्जने स्वर हरायो’,













प्रतिक्रिया