नेविसंघ अब कांग्रेसको भातृसंस्था नहुने, कार्यगत स्वायत्तता अपनाउने निर्णय « Khabarhub

नेविसंघ अब कांग्रेसको भातृसंस्था नहुने, कार्यगत स्वायत्तता अपनाउने निर्णय


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


900
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल विद्यार्थी संघ (नेविसंघ) अब नेपाली कांग्रेसको भातृसंस्थाका रूपमा नरहने भएको छ। नेविसंघले कार्यगत स्वायत्तता अपनाउने ऐतिहासिक निर्णय गरेको हो ।

शुक्रबार त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा सम्पन्न नेविसंघको सिनेट बैठकले अब संगठनलाई पार्टीको प्रत्यक्ष संरचनाभन्दा बाहिर राख्दै स्वतन्त्र विद्यार्थी हितग्रही संस्थाका रूपमा अगाडि बढाउने प्रस्ताव पारित गरेको हो ।

नेविसंघ नेपाली कांग्रेसको सिद्धान्त र नीतिप्रति आस्थावान् रहे पनि पार्टीको प्रत्यक्ष प्रभाव र नियन्त्रणभन्दा बाहिर रहने गरी कार्यगत स्वायत्तताको प्रस्ताव पारित गरिएको संघका अध्यक्ष दुजाङ शेर्पा जानकारी दिए।

उनका अनुसार यस निर्णयले नेविसंघलाई स्वायत्त र स्वचालित संस्थाका रूपमा स्थापित गर्नेछ। बैठकले नेविसंघको १२औँ महाधिवेशन आगामी २०८३ साल वैशाख २० र २१ गते गर्ने प्रस्तावसमेत पारित गरेको छ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ८ : ४० बजे

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी–ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र

गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान आयोगले इजरायलले गाजामा नरसंहार