दुम्कीवास-दाउन्ने खण्डमा तीन रात ठूला मालवाहक सवारी चलाउन रोक « Khabarhub

दुम्कीवास-दाउन्ने खण्डमा तीन रात ठूला मालवाहक सवारी चलाउन रोक


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नारायणघाट–बुटवल सडक खण्डमा रातिको समयमा ठूला मालवाहक सवारी चलाउन रोक लगाइएको छ ।

नारायणघाट–बुटवल सडक योजनाले सूचना जारी गर्दै शुक्रबार (चैत ६) देखि ८ गतेसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीवास–दाउन्ने–बर्दघाट खण्डमा ठूला मालवाहक सवारी रोक्ने जनाएको हो ।

‘दुम्कीवास–दाउन्ने–वर्दघाट क्षेत्रमा मिति २०८२ चैत्र ६ गते दिउँसो १ बजेदेखि परिरहेको भारी वर्षाका कारण सडक चिप्लो भई यस खण्डमा ठूला मालवाह सवारीसाधनहरू चिप्लिने, अड्किने समस्या देखिएको र सो कारणले सडक जाम भएर सवारी आवागमन अवरुद्द भएकोले सडक आवागमनको अवस्था हेरेर मिति २०८२/१२/६ देखि २०८२/१२/८ सम्म रातिको समयमा (बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म) ठूला मालवाहक सवारीसाधनहरूलाई वर्दघाटतर्फ त्रिवेणी चोकमा र दुम्कीवास बजारमै रोकी छोटो तथा लामो दुरीका यात्रुवाहक सवारीसाधनहरू तथा आकस्मिक सेवाका सवारी साधनहरूलाई प्राथमिकताका आधारमा मात्र सवारीसाधन सञ्चालन गर्न गराउन,’ आयोजनाको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ९ : ०३ बजे

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी–ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र

गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान आयोगले इजरायलले गाजामा नरसंहार