स्याङ्जाको मालुङ्गामा चितुवा मृत फेला « Khabarhub

स्याङ्जाको मालुङ्गामा चितुवा मृत फेला


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा – स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गा बसिन्डाँडामा मरेको चितुवा फेला परेको छ । आज दिउँसो बसिन्डाँडामा झण्डै एक वर्ष उमेरको चितुवा मरेको अवस्थामा फेला परेको गल्याङ, कालीगण्डकी सवडिभिजन वन कार्यालय गल्याङका वन अधिकृत सुमन केसीले जानकारी दिए ।

आज भेटिएको चितुवा केही दिनअघि मरेको हुनसक्ने अनुमान वन कार्यालयको छ । मृत भेटिएको चितुवा गन्हाउन सुरु भएकाले केही दिन अघि मरेको हुनसक्ने उनले बताए ।

‘मृत अवस्थामा फेला परेको चितुवाको बाहिरी शरीरमा कुनै पनि प्रकारको घाउ चोटपटक देखिएको छैन’, उनले भने, ‘मानिस अथवा अन्य शिकारीको आक्रमणबाट मरेको नभई अन्य कारणबाटै मरेको देखिएकाले स्थानीय जनप्रतिनिधि, प्रहरी तथा स्थानीयवासीको रोहबरमा मुचुल्का गरेर कार्यालयले चितुवाको शव व्यवस्थापन गरेको छ ।’

मरेको चितुवा देखेपछि स्थानीयले प्रहरी तथा गल्याङस्थित सवडिभिजन वन कार्यालयमा जानकारी गराएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ९ : ०३ बजे

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र

आयल निगमलाई पाक्षिक ७ अर्ब ८२ करोड घाटा

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्रि गर्दा पाक्षिकरुपमा ७

उपसभामुख ठाकुरले लिइन् शपथ (तस्बिरहरू)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित

आईपीएल : राजस्थानले टस जित्यो, आरसिबीले ब्याटिङ गर्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा राजस्थान

आर्थिक गणनाका लागि २० जना सुपरीवेक्षक खटिने

बैतडी – आगामी वैशाख २ गतेदेखि सुरु हुने आर्थिक गणनाका