स्याङ्जाको मालुङ्गामा चितुवा मृत फेला « Khabarhub

स्याङ्जाको मालुङ्गामा चितुवा मृत फेला


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

६ चैत, वालिङ (स्याङ्जा)- स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गा बसिन्डाँडामा मरेको चितुवा फेला परेको छ ।

आज दिउँसो बसिन्डाँडामा झण्डै एक वर्ष उमेरको चितुवा मरेको अवस्थामा फेला परेको गल्याङ, कालीगण्डकी सवडिभिजन वन कार्यालय गल्याङका वन अधिकृत सुमन केसीले जानकारी दिए ।

आज भेटिएको चितुवा केही दिनअघि मरेको हुनसक्ने अनुमान वन कार्यालयको छ । मृत भेटिएको चितुवा गन्हाउन सुरु भएकाले केही दिन अघि मरेको हुनसक्ने उनले बताए ।

‘मृत अवस्थामा फेला परेको चितुवाको बाहिरी शरीरमा कुनै पनि प्रकारको घाउ चोटपटक देखिएको छैन’, उनले भने, ‘मानिस अथवा अन्य शिकारीको आक्रमणबाट मरेको नभई अन्य कारणबाटै मरेको देखिएकाले स्थानीय जनप्रतिनिधि, प्रहरी तथा स्थानीयवासीको रोहबरमा मुचुल्का गरेर कार्यालयले चितुवाको शव व्यवस्थापन गरेको छ ।’

मरेको चितुवा देखेपछि स्थानीयले प्रहरी तथा गल्याङस्थित सवडिभिजन वन कार्यालयमा जानकारी गराएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ३ : ०९ बजे

चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

‘कलेजी-ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र