हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध « Khabarhub

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । दिउँसो ४ः०० बजेदेखि परेको निरन्तरको हिमपात र वर्षाले माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको हो ।

यहाँस्थित विद्युत् वितरण संस्था निलगिरि उपभोक्ता सहकारी संस्थाले हिमपात र वर्षाले वारागुङ मुक्तिक्षेत्र–३ स्याङ्बोचेदेखि माथिल्लो क्षेत्रको दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको जनाएको छ । संस्थाका कार्यालय प्रमुख सनप्रसाद थकालीले थासाङ गाउँपालिकादेखि नेपाल–चीन कोरलानाकासम्मको ११ केभी विद्युत् प्रसारण लाइनमा हिमपात र वर्षाले प्राविधिक समस्या उत्पन्न भएको जानकारी दिए ।

कार्यालय प्रमुख थकालीले मौसममा सुधार हुनेबित्तिकै विद्युत् प्रसारण लाइनमा देखिएको समस्या आवश्यक मर्मत गरी पुनः सञ्चालन गरिने बताए । यसका लागि मौसममा सुधार हुनेबित्तिकै मर्मतका लागि प्राविधिक टोली त्यसतर्फ पठाइने जानकारी दिए । हिमपात र वर्षाले विद्युत् प्रसारण लाइनमा केकति क्षति भएको भन्ने जानकारी प्राप्त नभइसकेको कार्यालय प्रमुख थकालीको भनाइ छ ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ९ : ४८ बजे

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी–ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र

गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान आयोगले इजरायलले गाजामा नरसंहार