ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ « Khabarhub

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल ग्यारेज सञ्चालन गरी विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर इञ्जिन तथा चेसिसका किर्ते कागजात बनाइ बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर ललितपुर मातहत प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले उक्त गिरोहलाई चोरीका मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेकालाई प्रहरी वृत्त सातदोबाटोमा राखी चोरी तथा किर्तेसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा सर्लाही बरहथवा नगरपालिका–२ घर भई हाल ललितपुर महालक्ष्मी–५ टिकाथली बस्ने २३ वर्षीय विशाल महतो, सोही स्थानका स्थायी बासिन्दा भई हाल काठमाडौँ महानगरपालिका-२३ नरेफाँट बस्ने २९ वर्षीय भिमबहादुर अधिकारी र रौतहट वृन्दावन नगरपालिका–९ घर भई हाल काठमाडौँ कोटेश्वर बस्ने २७ वर्षीय सञ्जिवकुमार कुसवाहा रहेका छन् ।

प्रहरीले निजहरूका साथबाट चोरीका विभिन्न मोटरसाइकल बरामद गरेको छ । बरामद गरिएका मोटरसाइकलमा केटीएम ड्यूक २५०, केटीएम ड्यूक २००, रोयल इन्फिल्ड ३५० र केटीएम एड्भेन्चर २५० गरी चार थान रहेका छन् । साथै तीन थान ब्लुबुक बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  १० : १९ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको