आईपीएल किक्रेट : पञ्जाबको अपराजित यात्रा कायमै, लखनउ ५४ रनले पराजित « Khabarhub

आईपीएल किक्रेट : पञ्जाबको अपराजित यात्रा कायमै, लखनउ ५४ रनले पराजित


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाव किंग्सले अपराजित यात्रा कायम राखेको छ ।

गएराति घरेलु मैदान न्यु चण्डीगढमा सम्पन्न खेलमा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ५४ रनले हराउँदै सहज जित निकालेको हो ।

पञ्जाबले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको लखनउ निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय रनमा समेटियो ।

लखनउका लागि रिषभ पन्तले सर्वाधिक ४३ रन जोडे । यस्तै, एडेन मारक्रमले ४२, मिचेल मार्शले ४०, आयुश बदोनीले ३५ तथा मुकुल चौधरीले २१ रन बनाए ।

पञ्जाबका मार्को यानसनले २ तथा अर्शदीप सिंह, विजयकुमार वैशक र युजभेन्द्र चहलले एक–एक १ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय ५४ रन बनाएको थियो ।

लखनउका लागि प्रियान्श आर्यले ९३ तथा कुपर कोनलीले ८७ रनको अर्धशतकीय पारी खेले । यसैगरी, मार्कस स्टोइनेसले २९, शशांक सिंहले १७ तथा निहाल बढेराले १३ जोडे ।

लखनउका प्रिन्स यादव र मनिमरन सिद्धार्थले दुई–दुई तथा मोहसिन खान र मोहम्मद सामीले एक–एक विकेट लिए ।

यो जितसँगै ६ खेलबाट पञ्जाब ११ अंकसहित तालिकाको शीर्षस्थानमा रहेको छ । पराजित भएको लखनउ समान खेलबाट ४ अंकसहित आठौँ स्थानमा छ ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ६ : ४० बजे

करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले १० लाख पाउने

काठमाडौँ – आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ