इलाम गोल्डकप : आज मच्छिन्द्र र एन पेनाङबीच प्रतिस्पर्धा « Khabarhub

इलाम गोल्डकप : आज मच्छिन्द्र र एन पेनाङबीच प्रतिस्पर्धा


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

इलाम– इलामको ठूलो टुँडिखेलमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण इलाम गोल्डकप फुटबल प्रतियोगितामा आज मच्छिन्द्र फुटबल क्लब र एन पेनाङ मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ ।

फागुनमा सम्पन्न १५ लाख पुरस्कार राशिको सातौँ झापा गोल्डकपको उपाधि चुमेको मच्छिन्द्र उपाधिको दाबेदार टोली मानिन्छ । यता, मलेसियाको एन पेनाङ अफ्रिकी खेलाडीहरूका साथमा मैदान प्रवेश गर्दैछ ।

यसअघि झापा गोल्डकपमा यी दुई टोलीबीच भेट हुँदा एन पेनाङलाई मच्छिन्द्रले २–१ गोलले हराएको थियो । पहिलो भेटमै मच्छिन्द्रसँग पराजित एन पेनाङ इलामको भेटमा बदला लिने दाउमा छ ।

यसअघि मच्छिन्द्रले इलामको सातौँ माई भ्याली गोल्डकपको उपाधि उचालेको थियो । दुवै बलिया टोलीबीच आज हुने खेल निकै प्रतिस्पर्धात्मक र दर्शकका लागि रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

वैशाख ५ बाट सुरु भएको प्रतियोगिताको वैशाख १२ गते समापन हुनेछ । प्रतियोगिताको विजेताले १० लाख उपविजेता टोलीले पाँच लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी आठ टोलीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ११ : २३ बजे

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक