अनौठो ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’ « Khabarhub

अनौठो ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–५ मा रहेको ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’ पर्यटक र पूर्वाधारको पर्खाइमा छ ।

स्थानीयवासीले ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’ नामकरण गरेको गुफाभित्र अनौठा दृश्यहरु अवलोकन गर्न सकिन्छ । पाउद्वारका बासिन्दा जसे पुनका अनुसार दुईतले गुफाभित्र विभिन्न देवी देवता, मानिसका शरीरका अङ्ग, शिवलिङ्ग, जनावरका थुन, खुर, सिङ जस्ता आकृतिहरु अवलोकन गर्न सकिने गुफा ओझलमा परेको छ ।

‘गुफाभित्र भेटिने मूर्तिकारले पहाडमा चट्टान कुँदेर बनाएका विचित्रका दृश्यहरू देख्दा अनौठो लाग्छ,’ उनले भने, ‘स्थानीय स्तरमा सीमित यो गुफाको धार्मिक, ऐतिहासिक महत्वको विषयमा अध्ययन, संरक्षण, व्यवस्थापन, पूर्वाधार निर्माण र प्रवर्द्धन गरी धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न पाउद्वारवासी जुटेका छौँ ।’

गणेश, शिवलगायत हिन्दू धर्मावलम्बीहरुका देवीदेवताहरुको आकृतिहरु पनि भेटिन्छ । तपतप गरेर पानी चुहिरहने गुफा करिब १० मिटर लामो भएको स्थानीयको भनाइ छ । गुफाभित्र अँध्यारो भएकाले बत्ती अथवा ‘लाइट’ बाल्नुपर्छ ।

टेक्ने भुइँ चिप्लो र होचो भएको हुँदा अवलोकन गर्दा सावधानी अपनाउनुपर्छ । घोप्टो परेर हिँड्नुपर्छ । स्थानीयवासीबाहेक बाहिरका पर्यटकहरु हालसम्म यस गुफा अवलोकन गर्न नआएका पुनले बताए ।

पाउद्वार गाउँदेखि सवारीसाधनमा १० मिनेट र पैदलयात्रा २० मिनेट हिँडेपछि झारवाङको छेउमा रहेको गुफामा पुगिन्छ । यसअघि गुफासम्म पुग्ने पदमार्ग थिए । निगालोको झ्याङ समाएर गुफासम्म पुग्नुपर्ने अवस्था थियो । गुफा नजिकको झारवाङखोलामा पुल थिएन ।

पाउद्वारकी पुर्जा रोकाले आमा जैसराले पाउने ‘पेन्सन’ बापतको रकम खर्चेर गुफामा जाने करिब ३०० मिटर पदमार्ग निर्माण गरिदिएका छन् । पदमार्ग निर्माणमा पाउद्वारवासीले श्रमदान गरेका छन् । झारवाङदेखि गुफासम्म ५०० मिटर तार तानेर विद्युत् पनि विस्तार भएको छ ।

अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको तीन लाख बजेटबाट झारवाङ खोलामा आठ मिटर लामो ‘ट्रस’ पुल निर्माण भएको छ । गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी पुनले उक्त गुफाभित्रको आकृतिहरु देखेर अनौठो महसुस भएको बताए ।

गुफाको विषयमा विस्तृत अध्ययन–अनुसन्धान गरेर धार्मिक र ऐतिहासिक तथ्यहरुको खोजी थालिएको उनले बताए । त्यहाँका बासिन्दाको केही दिनअघि मात्रै उक्त गुफालाई ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’ नामकरण गरेका हुन् । 

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  १२ : ११ बजे

खुसी र उल्लासका साथ दसैँ मनाउन परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी

पत्रकार उपाध्यायको परिवारलाई आर्थिक सहयोग

दमौली – दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार

बाल्यकालको दसैँ स्मृति : लेकको आलु, नयाँ लुगा र बाबियोको डोरी

काठमाडाैँ – दसैँ भन्नेबित्तिकै जो कसैको मानसपटलमा बाल्यकालका मीठा स्मृति

रास्वपा सभापति रवि लामिछानेको दसैँ शुभकामना- निराशाबाट आशातर्फ लम्किन आह्वान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको बडादसैँ

‘पिताजीको स्मरण गरेर चित्त बुझाउने भइयो’: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले