अनौठो ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’ « Khabarhub

अनौठो ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–५ मा रहेको ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’ पर्यटक र पूर्वाधारको पर्खाइमा छ ।

स्थानीयवासीले ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’ नामकरण गरेको गुफाभित्र अनौठा दृश्यहरु अवलोकन गर्न सकिन्छ । पाउद्वारका बासिन्दा जसे पुनका अनुसार दुईतले गुफाभित्र विभिन्न देवी देवता, मानिसका शरीरका अङ्ग, शिवलिङ्ग, जनावरका थुन, खुर, सिङ जस्ता आकृतिहरु अवलोकन गर्न सकिने गुफा ओझलमा परेको छ ।

‘गुफाभित्र भेटिने मूर्तिकारले पहाडमा चट्टान कुँदेर बनाएका विचित्रका दृश्यहरू देख्दा अनौठो लाग्छ,’ उनले भने, ‘स्थानीय स्तरमा सीमित यो गुफाको धार्मिक, ऐतिहासिक महत्वको विषयमा अध्ययन, संरक्षण, व्यवस्थापन, पूर्वाधार निर्माण र प्रवर्द्धन गरी धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न पाउद्वारवासी जुटेका छौँ ।’

गणेश, शिवलगायत हिन्दू धर्मावलम्बीहरुका देवीदेवताहरुको आकृतिहरु पनि भेटिन्छ । तपतप गरेर पानी चुहिरहने गुफा करिब १० मिटर लामो भएको स्थानीयको भनाइ छ । गुफाभित्र अँध्यारो भएकाले बत्ती अथवा ‘लाइट’ बाल्नुपर्छ ।

टेक्ने भुइँ चिप्लो र होचो भएको हुँदा अवलोकन गर्दा सावधानी अपनाउनुपर्छ । घोप्टो परेर हिँड्नुपर्छ । स्थानीयवासीबाहेक बाहिरका पर्यटकहरु हालसम्म यस गुफा अवलोकन गर्न नआएका पुनले बताए ।

पाउद्वार गाउँदेखि सवारीसाधनमा १० मिनेट र पैदलयात्रा २० मिनेट हिँडेपछि झारवाङको छेउमा रहेको गुफामा पुगिन्छ । यसअघि गुफासम्म पुग्ने पदमार्ग थिए । निगालोको झ्याङ समाएर गुफासम्म पुग्नुपर्ने अवस्था थियो । गुफा नजिकको झारवाङखोलामा पुल थिएन ।

पाउद्वारकी पुर्जा रोकाले आमा जैसराले पाउने ‘पेन्सन’ बापतको रकम खर्चेर गुफामा जाने करिब ३०० मिटर पदमार्ग निर्माण गरिदिएका छन् । पदमार्ग निर्माणमा पाउद्वारवासीले श्रमदान गरेका छन् । झारवाङदेखि गुफासम्म ५०० मिटर तार तानेर विद्युत् पनि विस्तार भएको छ ।

अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको तीन लाख बजेटबाट झारवाङ खोलामा आठ मिटर लामो ‘ट्रस’ पुल निर्माण भएको छ । गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी पुनले उक्त गुफाभित्रको आकृतिहरु देखेर अनौठो महसुस भएको बताए ।

गुफाको विषयमा विस्तृत अध्ययन–अनुसन्धान गरेर धार्मिक र ऐतिहासिक तथ्यहरुको खोजी थालिएको उनले बताए । त्यहाँका बासिन्दाको केही दिनअघि मात्रै उक्त गुफालाई ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’ नामकरण गरेका हुन् । 

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  १२ : ११ बजे

बाजुराको लाम्पाटामा पुग्यो सशस्त्र प्रहरीको टोली

काठमाडौं– बाजुरा र हुम्लाको सीमा विदाद भएको स्थानमा सशस्त्र प्रहरीको

रास्वपाको बागमती अधिवेशन : विद्युतीय मेसिनबाट मतदानको तयारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेशको अधिवेशनअन्तर्गत केहीबेरपछि मतदान हुँदैछ

पाकिस्तानमा ७६३ अफगान कैदी रिहा, ३७ सय शरणार्थी स्वदेश फिर्ता

एजेन्सी– पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त

आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत् उत्पादन

‘पार्टी शुद्धीकरण र पुनर्गठन’का लागि एमालेले थाल्यो सुझाव संकलन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण