‘वर्ल्ड अफ डान्स’ नेपालमा हुने, ग्रान्ड जज भारतका टेरेन्स लुइस « Khabarhub

‘वर्ल्ड अफ डान्स’ नेपालमा हुने, ग्रान्ड जज भारतका टेरेन्स लुइस


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डान्सिङ रियालिटी शो ‘वर्ल्ड अफ डान्स’ को नेपाल संस्करण ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ घोषणा भएको छ ।

आइतबार राजधानीमा एक पत्रकार सम्मलेन गरी कार्यक्रमबारे आयोजकले जानकारी दिएको हो ।

यस प्रतियोगिताको ग्रान्ड जजको जिम्मेवारीमा भारतीय किरियोग्राफर टेरेन्स लुइस रहेको जानकारी दिइयो । टेरेन्स ‘डान्स इन्डिया डान्स’ र ‘इन्डियाज बेस्ट डान्सर’ जस्ता शोका जज हुन् ।

जजहरूमा किरण थाप र जेडी तमु रहेका छन् ।

यो प्रतियोगिता मुख्य चार डिभिजनमा विभाजन गरिएको छ- अपर, जुनियर, अपर टिम र जुनियर टिम डिभिजन । प्रत्येका डिभिजनका विजेताले एक लाख रुपैयाँ नगद र २४ क्यारेट गोल्ड प्लेटेड ट्रफी पाउनेछन् ।

नेपालका पाँच सहरमा अडिसन हुने बताइएको छ । वैशाख १९ गते नेपालगञ्ज , वैशाख २२ गते बुटवल, वैशाख २६ गते पोखरा, वैशाख ३० गते काठमाडौं र जेठ २ गते इटहरीमा अडिसनहरू हुने आयोजकले बताएको छ ।

अडिसनबाट छानिएका उत्कृष्ट डान्सरहरूको प्रतिस्पर्धात्मक सेमिफाइनल जेठ २१ गते हुनेछ भने प्रतियोगिताको भव्य ग्रान्ड फिनाले जेठ २३ गते सम्पन्न हुनेछ।

सन् २००८ मा क्यालिफोर्नियाबाट सुरु भएको यो कार्यक्रम ५० देशमा फैलिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ३ : १७ बजे

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई