पाकिस्तानमा अर्को चरणको इरान-अमेरिका वार्ता, उपराष्ट्रपति भेन्सको टोली आइपुग्दै « Khabarhub

पाकिस्तानमा अर्को चरणको इरान-अमेरिका वार्ता, उपराष्ट्रपति भेन्सको टोली आइपुग्दै


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- अमेरिकी उपराष्ट्रपति जेडी भेन्स इरानसँगको वार्ताका लागि पाकिस्तानतिर लागेका छन् ।

बीबीसीको रिपोर्टअनुसार अमेरिकी उपराष्ट्रपति जेडी भेन्स सोमबार पाकिस्तानका लागि उडेका हुन् । यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले न्यूयोर्क पोस्टसँग कुराकानीका क्रममा वार्ताका लागि भेन्स पाकिस्तान नजाने बताएका थिए ।

जेडी भेन्स यसअघि ११-१२ अप्रिलमा पाकिस्तान पुगेका थिए। त्यहाँ उनले इरानसँग हुने वार्ताका क्रममा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए। तर त्यसबेला २१ घण्टासम्म चलेको वार्ता विफल भएको थियो ।

त्यसबेला करिब २१ घण्टा चलेको उक्त वार्ताबाट कुनै सहमति हुन सकेको थिएन। दुवै देशबीच इरानको परमाणु कार्यक्रम र होर्मुज स्ट्रेटको नियन्त्रणलाई लिएर अझै मतभेद कायम छ।

तर इरानले भने अहिलेसम्म उक्त वार्तामा सहभागी भएको पुष्टि गरेको छैन। इरानी सरकारी सञ्चारमाध्यमले अमेरिकाको नाकाबन्दी जारी रहेसम्म इरान वार्तामा सहभागी नहुने जनाएको छ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  १२ : ५८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु