दुई दशकपछि निरुता र उत्तम एकै फिल्ममा « Khabarhub

दुई दशकपछि निरुता र उत्तम एकै फिल्ममा


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका निरुता सिंह र नायक उत्तम प्रधानले दुई दशकपछि स्क्रिन सेयर गर्दैछन् ।

लामो समयपछि उनी दुईले एकै फिल्म साइन गरेका हुन् । फिल्म ‘सारथी’मा यी दुई शीर्ष भूमिकाका लागि तय भएका हुन् ।

२२ वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘सन्तान’ उनीहरूको पछिल्लो सहकार्य हो ।

निर्माण पक्षले सोमबार काठमाडौंको भद्रकाली मन्दिरमा यो फिल्मको शुभमुहूर्त पनि भएको छ ।

म्याग्दी गुर्जाखानी वरपरका क्षेत्रमा यो फिल्मको छायाङ्कन हुँदैछ । डेब्यू निर्देशक कुमार गजुरेल बुधबारबाट यो फिल्मको सुटिङ सुरु गर्ने तयारीमा छन् । ४० दिनमा सुटिङ सक्ने उनको योजना ।

किम्भे प्रोडक्सन तथा धिरज इन्फिनिटी फिल्मस्को सहकार्यमा बन्ने यस फिल्मको निर्माता तारा थापा ‘किम्भे’ हुन् । उनी तीन दशकदेखि फिल्म सम्पादनमा सक्रिय छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  १ : ३९ बजे

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको

फ्रान्समा गोली प्रहार गरी एक जनाको ह*त्या, पाँच जना घाइते

पेरिस– फ्रान्सको राजधानी पेरिसनजिकै भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर