दुई दशकपछि निरुता र उत्तम एकै फिल्ममा « Khabarhub

दुई दशकपछि निरुता र उत्तम एकै फिल्ममा


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका निरुता सिंह र नायक उत्तम प्रधानले दुई दशकपछि स्क्रिन सेयर गर्दैछन् ।

लामो समयपछि उनी दुईले एकै फिल्म साइन गरेका हुन् । फिल्म ‘सारथी’मा यी दुई शीर्ष भूमिकाका लागि तय भएका हुन् ।

२२ वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘सन्तान’ उनीहरूको पछिल्लो सहकार्य हो ।

निर्माण पक्षले सोमबार काठमाडौंको भद्रकाली मन्दिरमा यो फिल्मको शुभमुहूर्त पनि भएको छ ।

म्याग्दी गुर्जाखानी वरपरका क्षेत्रमा यो फिल्मको छायाङ्कन हुँदैछ । डेब्यू निर्देशक कुमार गजुरेल बुधबारबाट यो फिल्मको सुटिङ सुरु गर्ने तयारीमा छन् । ४० दिनमा सुटिङ सक्ने उनको योजना ।

किम्भे प्रोडक्सन तथा धिरज इन्फिनिटी फिल्मस्को सहकार्यमा बन्ने यस फिल्मको निर्माता तारा थापा ‘किम्भे’ हुन् । उनी तीन दशकदेखि फिल्म सम्पादनमा सक्रिय छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  १ : ३९ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै