गृहमन्त्री गुरुङ भन्छन्- आरोप र सत्य एउटै कुरा होइन « Khabarhub

गृहमन्त्री गुरुङ भन्छन्- आरोप र सत्य एउटै कुरा होइन


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडिएर उठेको सेयर लगानी सम्बन्धी विवादबारे स्पष्टीकरण दिएका छन्। सामाजिक सञ्जालमा पोस्ट गर्दै मन्त्री गुरुङले आफूले कुनै पनि सम्पत्ति वा सेयर नलुकाएको बताएका छन् । उनले आफ्नो सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत नै पारदर्शी रूपमा भएको दाबी गरेका छन् । उनले ‘आरोप र सत्य एउटै कुरा नभएको’ बताउँदै भावनामा नभई प्रमाणका आधारमा निष्कर्षमा पुग्न सबैलाई आग्रह गरेका छन् ।

“२५ लाखको सेयर लुकाइएको” भन्ने आरोपलाई खण्डन गर्दै मन्त्री गुरुङले मन्त्रिपरिषद्को वेबसाइटमा राखिएको सम्पत्ति विवरणमा २ करोडभन्दा बढीको लगानी स्पष्ट रूपमा उल्लेख गरेको बताएका छन् । स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी सोही समूहभित्र पर्ने र यो सम्पत्ति लुकाएको नभई वर्गीकरणको विषय मात्र भएको उनको भनाइ छ ।

‘मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु, जुन जोकोहीले मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सक्नुहुन्छ। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो। यो लुकाउने होइन, वर्गीकरणको विषय हो।’ उनले लेखेका छन् ।

मन्त्री हुनुअघि सेयर किनेको विषयमा उनले देशमा सेयर लगानी गर्नु अपराध नभएको प्रस्ट पार्दै, लगानी गरिएको रकम २०८० भदौ २९ गतेको तमसुकअनुसार ऋण (कर्जा) मार्फत जुटाइएको र सम्पूर्ण कारोबार बैंकमार्फत नै भएको स्पष्ट गरेका छन् ।

‘मन्त्री हुनुअघि सेयर किनियो भनिएको छ। यो देशमा सेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो? सम्पूर्ण कारोबार बैँकिङ च्यानलमार्फत भएको छ। बैंकबाट गएको पैसाको सबै हिसाब हुन्छ। कहिले गयो, कहाँ गयो, कसलाई गयो सबै देखिन्छ। यस्तो हिसाब हुने पैसा कसरी लुकाउने ? कहाँ लुकाउने ?’ उनले लेखेका छन् ।

त्यस्तै, विवादित व्यक्तिसँगको साझेदारीको विषयमा मन्त्री गुरुङले एउटै कम्पनीमा हजारौँ सेयरहोल्डर हुने भएकाले कुनै एक व्यक्तिसँग जोडेर आफूलाई दोषी ठहर्‍याउनु न्यायोचित नहुने तर्क गरेका छन् । उक्त कम्पनीमा मिडिया हाउसदेखि बैंकहरूसम्मको लगानी रहेको उनको भनाइ छ। स्वार्थको द्वन्द्वको आरोपबारे बोल्दै उनले यस विषयमा गृह मन्त्रालयले नभई अर्थ मन्त्रालयअन्तर्गतको सम्पत्ति शुद्धीकरण विभागले छानबिन गरिरहेको र आफूले अनुसन्धानमा कुनै हस्तक्षेप नगरेको जिकिर गरेका छन्। कानुनी रूपमा संवेदनशील विषय भएकाले हतारमा प्रतिक्रिया नदिएको प्रस्ट पार्दै उनले व्यक्तिगत लगानीलाई ‘बिचौलियापन’ सँग जोडेर राजनीति गर्न खोजिएको गुनासोसमेत गरेका छन्।

‘कन्फ्लिक्ट अफ इन्टरेस्टको आरोप पनि उठाइएको छ। तर यस विषयमा छानबिन गर्ने निकाय गृह मन्त्रालय होइन, अर्थ मन्त्रालय अन्तर्गत रहेको सम्पत्ति शुद्धिकरण विभाग हो, र सोही निकायले प्रक्रिया अनुसार विषय हेरिरहेको छ।’ उनले लेखेका छन् ।

उनले यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्ने र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  २ : ०३ बजे

यूएईविरुद्ध टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै

काठमाडौं- यूएईविरुद्धको टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत सोमबार नेपालले टस जितेर पहिले

गण्डकी गोपाल गौशालामा थपिए पूर्वाधार

पर्वत– जलजला गाउँपालिका–७ धाइरिङमा रहेको गण्डकी गोपाल गौशालामा धार्मिक तथा पर्यटकीय

उत्तर कोरियाको क्लस्टर क्षेप्यास्त्र परीक्षण

काठमाडौं- आइतबारको क्षेप्यास्त्र परीक्षणमा क्लस्टर हतियार प्रयोग गरिएको उत्तर कोरियाले

९ महिनामा झण्डै १५ खर्बको वस्तु आयात, १ खर्ब बढीको डिजेल मात्रै आयात

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को नौ महिनामा झण्डै १५ खर्ब

लुम्बिनी प्रदेशसभा बैठक : इन्धन मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको १३औँ बैठकमा प्रदेशसभा