गृहमन्त्रीबारे रवि र बालेनसँग राजेन्द्रले खोजे जवाफ « Khabarhub

गृहमन्त्रीबारे रवि र बालेनसँग राजेन्द्रले खोजे जवाफ


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी समाप्त पार्न खोज्नेहरुसंग अव कुनै सम्झौता नहुने स्पष्ट पारेका छन् ।  

सोमबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा पार्टीभित्र रहेर पार्टीलाई नै खरानी पार्न खोज्नेहरुसंग अव कुनै सम्झौता नहुने स्पष्ट पारेका हुन् । 

उनले आफ्नो जिल्लामा वडा समिति बनाउन नसक्ने, चूनावमा पार्टीका उम्मेद्वारलाई नसघाउने र राष्ट्रिय पार्टी बन्नबाट रोक्न खोज्ने पार्टीभित्रका नेताहरुको कुनै कुरा नसुनिने समेत बताए ।

महाधिवेशन सारेर कार्यकाल लम्बाउने पक्षमा आफु नरहेको भन्दै अध्यक्ष लिङ्देनले वैधानिक र व्यवस्थित तवरले उचित समयमा महाधिवेशन सम्पन्न गर्न पार्टी नेतृत्व तयार रहेको धारणा राखे । 

पार्टीभित्रको अबको समस्याको समाधान महाधिवेशन मात्रै भएको उनको भनाइ छ ।

त्यस्तै अध्यक्ष लिङ्देनले अहिले संसदमा प्रतिपक्ष कमजोर भएको अवस्थामा सरकारको गलत कार्यको सडक र सदनबाट प्रतिवाद गर्ने धारणा राखे । 

उनले चूनावमा भोट लिनका लागि गरेको प्रचारजस्तो नभइ व्यहारमा नजिता आउने गरि रास्वपा नेतृत्वको सरकारले काम गर्न सक्नुपर्ने उल्लेख गरे ।

उनले गृहमन्त्रीकाबारेमा बाहिर आएका चर्चाका बिषयमा सरकारले तत्काल आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताए । रास्वपा सभापति र गृहमन्त्री स्वयंले पनि यस बिषयमा आफ्नो पोजिसन स्पष्ट गर्नुपर्ने उनको भनाइ छ ।  

अध्यक्ष लिङ्देनले यसअघि देखिएका बेतिथिहरुलाई सच्चाउने कामको सुरु वर्तमान सरकारले गरेको भन्दै सकारात्मक कामको स्वागत गर्ने बताए । 

उनले देशको अभिभावकीय संस्थाका रुपमा राजा र हिन्दुराष्ट्र लगाएत आफुहरुको एजेण्डालाई आगामी दिनमा सशक्त ढंगले अघि बढाउने पनि बताए । 

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ३ : १६ बजे

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त

भियतनाममा बिरालो उद्धार अभियान

हो ची मिन्ह सिटी- भियतनामको हो ची मिन्ह सिटीमा प्रहरीले

ह्याट्रिक गरेपछि मेस्सीको सम्मानमा स्टेडियम नै जुरुक्क उठ्यो 

काठमाडौं– लियोनल मेस्सी फुटबल इतिहासकै महान् खेलाडी रहेको मंगलबार राति फेरि

रौतहटको सवारी व्यवस्थापनमा सुधार

रौतहट– मधेस प्रदेशको रौतहट जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालु

‘प्रेस स्वतन्त्रता, डिजिटल रूपान्तरण र ग्रामीण दूरसञ्चार विस्तार सरकारको प्राथमिकतामा’

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले अभिव्यक्ति स्वतन्त्रता,