फिल्म नबिक्ने प्रकाशको त्यो डर  « Khabarhub

फिल्म नबिक्ने प्रकाशको त्यो डर 


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक बनेका गायक प्रकाश सपुतका फिल्म लगातार फ्लप भएपछि उनलाई विशेष गरी एकै खालका प्रश्न आउने गरेको छ । 

सार्वजनिक कार्यक्रममा प्रकाशलाई फिल्म र बक्स अफिससँग सम्बन्धित प्रश्न नै सोधिने गरेको पाइन्छ । 

आफ्नो डेब्यू निर्देशनमा बनेको फिल्म ‘वसन्त’ फ्लप भएपछि प्रकाशबारे गसिप बन्न सुरु भएको हो । 

‘वसन्त’ फ्लप हुनुको कारण उनी तत्कालीन प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीको प्रशंसालाई दिन्छन् । तर, उनको फिल्म समीक्षक र दर्शक दुवैबाट सकारात्मक प्रतिक्रिया पाउन असफल थियो । 

०८१ को चैतमा प्रदर्शनमा आएको ‘वसन्त’पछि मेकरहरू प्रकाशलाई फिल्ममा लिन हच्किएको गसिपले चर्चा पाएको हो । प्रदर्शनमा संघारमा रहेको प्रकाशको अर्को फिल्म ‘परालो आगो’को कार्यक्रममा उनी यसबारे बोले । 

आफूलाई फिल्ममा लिन मेकरहरू डराएको कुरामा सत्यता नभएको उनको दाबी छ ।

बरु आफैँले आफू फिल्ममा रहँदा कमजोर व्यापार हुने डर रहेको आशयको अभिव्यक्ति दिए । ‘वसन्त’ फ्लपपछि छायाङ्कनमा जान बाँकी दुई फिल्मका निर्मातालाई आफूबारे पुनर्विचार गर्न आग्रह गरेको उनले सुनाए । 

‘मेरो फिल्म ‘वसन्त’ प्रदर्शन भएपछि र राजनीतिक विवादपछि सुशील पोखरेल (परालको आगोका निर्माता) र रोहित अधिकारी (माइतीघरका निर्माता’लाई मैले एउटै म्यासेज गरेको थियो । फ्लोरमा जान बाँकी यी दुई फिल्म मात्रै थिए,’ उनले भने, ‘तपाईंहरु मलाई लिएर कत्तिको आत्मविश्वासमा हुनुहुन्छ ? यदि हुनुहुँदैन भने पुनर्विचारको अनुरोध गर्छु है । म काम गर्न खुला नै छु भनेर दुवै जनालाई मैले एकै मेसेज गरेको थिएँ ।’

गत दशैँमा प्रदर्शनमा आएको फिल्म ‘माइतीघर’ फ्लप भयो । अब ‘परालको आगो’ के होला ?

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ३ : २६ बजे

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया– घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र

भारत छाड्ने सरकारी आदेशविरुद्ध अदालत पुगे इमरान खान, ओसीआई कार्ड पनि रद्द हुन सक्ने

काठमाडौँ – बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खान

टाइगर श्राफमाथि गोली प्रहारपछि भाग्दै थिए नेपालतर्फ ? कोटा रेलवे स्टेसनबाट तीन जना पक्राउ

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि गोली प्रहार गरेको