फिल्म नबिक्ने प्रकाशको त्यो डर  « Khabarhub

फिल्म नबिक्ने प्रकाशको त्यो डर 


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक बनेका गायक प्रकाश सपुतका फिल्म लगातार फ्लप भएपछि उनलाई विशेष गरी एकै खालका प्रश्न आउने गरेको छ । 

सार्वजनिक कार्यक्रममा प्रकाशलाई फिल्म र बक्स अफिससँग सम्बन्धित प्रश्न नै सोधिने गरेको पाइन्छ । 

आफ्नो डेब्यू निर्देशनमा बनेको फिल्म ‘वसन्त’ फ्लप भएपछि प्रकाशबारे गसिप बन्न सुरु भएको हो । 

‘वसन्त’ फ्लप हुनुको कारण उनी तत्कालीन प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीको प्रशंसालाई दिन्छन् । तर, उनको फिल्म समीक्षक र दर्शक दुवैबाट सकारात्मक प्रतिक्रिया पाउन असफल थियो । 

०८१ को चैतमा प्रदर्शनमा आएको ‘वसन्त’पछि मेकरहरू प्रकाशलाई फिल्ममा लिन हच्किएको गसिपले चर्चा पाएको हो । प्रदर्शनमा संघारमा रहेको प्रकाशको अर्को फिल्म ‘परालो आगो’को कार्यक्रममा उनी यसबारे बोले । 

आफूलाई फिल्ममा लिन मेकरहरू डराएको कुरामा सत्यता नभएको उनको दाबी छ ।

बरु आफैँले आफू फिल्ममा रहँदा कमजोर व्यापार हुने डर रहेको आशयको अभिव्यक्ति दिए । ‘वसन्त’ फ्लपपछि छायाङ्कनमा जान बाँकी दुई फिल्मका निर्मातालाई आफूबारे पुनर्विचार गर्न आग्रह गरेको उनले सुनाए । 

‘मेरो फिल्म ‘वसन्त’ प्रदर्शन भएपछि र राजनीतिक विवादपछि सुशील पोखरेल (परालको आगोका निर्माता) र रोहित अधिकारी (माइतीघरका निर्माता’लाई मैले एउटै म्यासेज गरेको थियो । फ्लोरमा जान बाँकी यी दुई फिल्म मात्रै थिए,’ उनले भने, ‘तपाईंहरु मलाई लिएर कत्तिको आत्मविश्वासमा हुनुहुन्छ ? यदि हुनुहुँदैन भने पुनर्विचारको अनुरोध गर्छु है । म काम गर्न खुला नै छु भनेर दुवै जनालाई मैले एकै मेसेज गरेको थिएँ ।’

गत दशैँमा प्रदर्शनमा आएको फिल्म ‘माइतीघर’ फ्लप भयो । अब ‘परालको आगो’ के होला ?

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ३ : २६ बजे

आज पनि नेप्से परिसूचक झिनो अंकमै सीमित 

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

बजारमा ग्यासको अभाव हटाउन सरकारलाई राष्ट्रियसभा अध्यक्षको रुलिङ

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सहज रूपमा ग्यास आपूर्ति

सरकारले तत्काल देखिने काम नगरेको जस्तो लागे पनि १५–२० वर्षलाई जग खन्दै छ : रवि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान

कांग्रेस कोशी सरकारबाट बाहिरिँदै, चार मन्त्रीसहित राज्यमन्त्रीले आजै राजीनामा दिने

विराटनगर- नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ। कांग्रेसका

भेरी नदीमा जिप खस्यो, चालकसहित दुईजना बेपत्ता

सुर्खेत- सर्खेतबाट सल्यानतर्फ जाँदै गरेको जिप बुधबार दिउँसो भेरी नदीमा