सुनिल मन्त्री भएपछि अर्का सहयोगी भूपदेवलाई महामन्त्री बनाउँदै बालेन « Khabarhub

सुनिल मन्त्री भएपछि अर्का सहयोगी भूपदेवलाई महामन्त्री बनाउँदै बालेन


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट दोस्रो महामन्त्री भूपदेव शाह बन्ने सम्भावना बढेको छ । वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) पक्षबाट यसअघि २०८२ पुस १३ को सहमतिअनुसार महामन्त्री बनेका सुनिल लम्साल भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री भएका छन् ।

यस्तोमा अब बालेनले काठमाडौं महानगरमा हुँदा कुमार बेनजस्तै आफ्ना अर्का सहयोगी भूपदेवलाई महामन्त्रीमा अगाडि सार्न लागेका हुन् ।

भूपदेव काठमाडौंको मेयर हुँदा बालेनको सचिवालयमा काम गरेका विश्वास पात्र हुन् । तर उनले फागुन २१ को निर्वाचनमा अछाम क्षेत्र नम्बर २ बाट जित निकाल्न सकेनन् । चुनाव हारेपछि आफ्नो सचिवालयमा नलगेका प्रधानमन्त्री बालेनले भूपदेवलाई अब पार्टीको शक्तिशाली नेता बनउन लागेका हुन् ।

यस अगाडि बालेनसँगै गत पुसन १३ गतेको ७ बुँदे सहमतिका आधामार राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका सुनिललाई महामन्त्री बनाएको थियो । तर लम्साल मन्त्री भएपछि बालेनले आफूनिकटहरूको जिम्मेवारी हेरफेर गर्न लागेका हुन् ।

सोमबार वनस्थलीमा बसिरहेको केन्द्रीय समिति बैठकबाट भूपदेवलाई महामन्त्री बनाउने प्रस्ताव पारित गर्ने स्रोतले जानकारी दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरू वालेन्द्र र सभापति रवि लामिछानेबीच भूपदेवलाई महामन्त्री बनाउने विषयमा करिब सहमति रहेको बताउँछन् ।

‘आज नै केन्द्रीय समिति बैठकबाट प्रस्ताव पारित गरेर भूपदेवलाई महामन्त्री बनाउने प्रबल सम्भावना छ। बैठक यसबारे छलफल हुँदैछ’, एक नेताले भने, ‘सुनिल मन्त्री भएपछि भूपदेवलाई शक्तिशाली भूमिकामा अगाडि सार्न खोजिएको हो ।’

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ४ : ३५ बजे

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ