सुनिल मन्त्री भएपछि अर्का सहयोगी भूपदेवलाई महामन्त्री बनाउँदै बालेन « Khabarhub

सुनिल मन्त्री भएपछि अर्का सहयोगी भूपदेवलाई महामन्त्री बनाउँदै बालेन


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट दोस्रो महामन्त्री भूपदेव शाह बन्ने सम्भावना बढेको छ । वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) पक्षबाट यसअघि २०८२ पुस १३ को सहमतिअनुसार महामन्त्री बनेका सुनिल लम्साल भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री भएका छन् ।

यस्तोमा अब बालेनले काठमाडौं महानगरमा हुँदा कुमार बेनजस्तै आफ्ना अर्का सहयोगी भूपदेवलाई महामन्त्रीमा अगाडि सार्न लागेका हुन् ।

भूपदेव काठमाडौंको मेयर हुँदा बालेनको सचिवालयमा काम गरेका विश्वास पात्र हुन् । तर उनले फागुन २१ को निर्वाचनमा अछाम क्षेत्र नम्बर २ बाट जित निकाल्न सकेनन् । चुनाव हारेपछि आफ्नो सचिवालयमा नलगेका प्रधानमन्त्री बालेनले भूपदेवलाई अब पार्टीको शक्तिशाली नेता बनउन लागेका हुन् ।

यस अगाडि बालेनसँगै गत पुसन १३ गतेको ७ बुँदे सहमतिका आधामार राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका सुनिललाई महामन्त्री बनाएको थियो । तर लम्साल मन्त्री भएपछि बालेनले आफूनिकटहरूको जिम्मेवारी हेरफेर गर्न लागेका हुन् ।

सोमबार वनस्थलीमा बसिरहेको केन्द्रीय समिति बैठकबाट भूपदेवलाई महामन्त्री बनाउने प्रस्ताव पारित गर्ने स्रोतले जानकारी दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरू वालेन्द्र र सभापति रवि लामिछानेबीच भूपदेवलाई महामन्त्री बनाउने विषयमा करिब सहमति रहेको बताउँछन् ।

‘आज नै केन्द्रीय समिति बैठकबाट प्रस्ताव पारित गरेर भूपदेवलाई महामन्त्री बनाउने प्रबल सम्भावना छ। बैठक यसबारे छलफल हुँदैछ’, एक नेताले भने, ‘सुनिल मन्त्री भएपछि भूपदेवलाई शक्तिशाली भूमिकामा अगाडि सार्न खोजिएको हो ।’

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ४ : ३५ बजे

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६