अनुशासन समितिले भन्यो- पूर्णबहादुरले स्पष्टीकरण नदिने कुरा भएको छैन, समय अझै बाँकी छ « Khabarhub

अनुशासन समितिले भन्यो- पूर्णबहादुरले स्पष्टीकरण नदिने कुरा भएको छैन, समय अझै बाँकी छ


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पूर्णबहादुर खड्कालाई स्पष्टीकरण फिर्ताको कुनै निर्णय नभएको स्पष्ट पारेको छ ।  

सोमबार पार्टी कार्यालय सानेपामा बसेको समितिको बैठकपछि अनुशासन समितिका संयोजक तारामान गुरुङले स्पष्टीकरण सोध्ने यसअघिको निर्णय फिर्ता लिने विषयमा छलफल नभएको बताएका हुन् । उनले खड्कालाई सात दिने स्पष्टीकरण सोधेको सोमबार पाँच दिनमात्रै भएको उल्लेख गरे  ।

अनुशासन समितिले पार्टीको विधान अनुसार प्रक्रियागत ढंगले काम गरिरहेको भन्दै फिर्ता लिने कुनै कुरा नभएको उनको भनाइ छ ।

उनले पार्टीको विधान भन्दा तल माथि गर्ने अधिकार आफूहरूसँग नरहेको र स्पष्टीकरणको सात दिन नपुग्दा सम्म यस विषयमा अरु केही जवाफ दिन नसक्ने स्पष्ट पारे ।

उनले अनुशासन समितिले व्यक्ति भन्दा पनि पार्टीलाई अनुशासित र मर्यादित ढंगले अघि बढाउन ध्यान केन्द्रित गरेको धारणा समेत राखे । 

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ५ : ३१ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण