अनुशासन समितिले भन्यो- पूर्णबहादुरले स्पष्टीकरण नदिने कुरा भएको छैन, समय अझै बाँकी छ « Khabarhub

अनुशासन समितिले भन्यो- पूर्णबहादुरले स्पष्टीकरण नदिने कुरा भएको छैन, समय अझै बाँकी छ


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पूर्णबहादुर खड्कालाई स्पष्टीकरण फिर्ताको कुनै निर्णय नभएको स्पष्ट पारेको छ ।  

सोमबार पार्टी कार्यालय सानेपामा बसेको समितिको बैठकपछि अनुशासन समितिका संयोजक तारामान गुरुङले स्पष्टीकरण सोध्ने यसअघिको निर्णय फिर्ता लिने विषयमा छलफल नभएको बताएका हुन् । उनले खड्कालाई सात दिने स्पष्टीकरण सोधेको सोमबार पाँच दिनमात्रै भएको उल्लेख गरे  ।

अनुशासन समितिले पार्टीको विधान अनुसार प्रक्रियागत ढंगले काम गरिरहेको भन्दै फिर्ता लिने कुनै कुरा नभएको उनको भनाइ छ ।

उनले पार्टीको विधान भन्दा तल माथि गर्ने अधिकार आफूहरूसँग नरहेको र स्पष्टीकरणको सात दिन नपुग्दा सम्म यस विषयमा अरु केही जवाफ दिन नसक्ने स्पष्ट पारे ।

उनले अनुशासन समितिले व्यक्ति भन्दा पनि पार्टीलाई अनुशासित र मर्यादित ढंगले अघि बढाउन ध्यान केन्द्रित गरेको धारणा समेत राखे । 

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ५ : ३१ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म