यूएईविरुद्ध नेपालले गुमायो दोस्रो विकेट « Khabarhub

यूएईविरुद्ध नेपालले गुमायो दोस्रो विकेट


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत अहिले नेपाल र यूएईबीचको खेल जारी छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । खेलको ३ ओभर ४ बलमा नेपालका सन्दीप जोरा आउट भए । आउट हुनुअघि उनले ६ बलमा ६ रन बनाए ।

आज नेपाली टोलीमा कप्तान ऐरीसहित सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, अर्जुन साउद, सन्दीप जोरा, बसिर अहमद, गुल्शन झा, नन्दन यादव हेमन्त धामी र शेर मल्ल छन् ।

युवा खेलाडीको बाहुल्यता रहेको टोलीले टी–२० मा नयाँ अध्यायको सुरुवात गर्ने अपेक्षा गरिएको छ ।

सिरिजमा नेपाली टोलीमा अनुभवी अनुहारसँगै युवा खेलाडीलाई प्राथमिकता दिइएको छ। यो सिरिजमा नियमित कप्तान रोहित पौडेल भने मैदानमा हुने छैनन् ।

नेपाल क्रिकेट संघ क्यानले रात्रिकालीन समयमा हुने यस सिरिजको दोस्रो खेल मंगलबार हुने जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ५ : २४ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं– लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ तथा चिकित्सकको सिफारिसबिना खरिद गर्न

प्रहरीले पचपन्न नाल अवैध भरुवा बन्दुक बरामद

दाङ– बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएका ५५ नाल भरुवा बन्दुक बरामद

सबैभन्दा बढी वर्षा रौतहटमा

काठमाडौं– मनसुनी गतिविधि जारी रहे पनि अगस्ट महिनासम्म आइपुग्दा यस

डेन्यूबमा युद्धपोत फेरि देखिए

एजेन्सी– युरोपको दोस्रो लामो डेन्यूब नदीमा खडेरीका कारण पानीको सतह

न्यायपालिकामाथि प्रश्न उठाउने ३ संस्थासँग स्पष्टीकरण माग्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायीपालिका