भूपदेव शाह बने रास्वपा महामन्त्री, बालेन पक्षका अन्य नेतालाई पनि नयाँ जिम्मेवारी « Khabarhub

भूपदेव शाह बने रास्वपा महामन्त्री, बालेन पक्षका अन्य नेतालाई पनि नयाँ जिम्मेवारी


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाह लाई महामन्त्रीमा मनोनयन गरेको छ। 

सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) को प्रस्तावमा शाहलाई महामन्त्री बनाउने निर्णय गरेको हो।

यसअघि २०८२ पुस १३ को सहमतिअनुसार बालेन पक्षबाट सुनिल लम्साल महामन्त्री बनेका थिए। तर लम्साल भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मा मन्त्री नियुक्त भएपछि उक्त पद रिक्त भएको थियो। सोही रिक्त पदमा भूपदेव शाहलाई जिम्मेवारी दिइएको हो।

बालेन काठमाडौं महानगरमा हुँदा शाह उनका नजिकका सहयोगीमध्ये एक मानिन्थे। फागुन २१ को निर्वाचनमा पराजित भएपछि शाह सक्रिय भूमिकाविहीन अवस्थामा थिए। नयाँ निर्णयसँगै उनलाई पार्टीको केन्द्रीय नेतृत्वमा जिम्मेवारी दिइएको हो।

निर्णय

महामन्त्री
भूपदेव शाह

सचिवालय सदस्य
सागर ढकाल
सरिता श्री ज्ञवाली
(सभापतिबाट प्रस्तावित, केन्द्रीय समितिबाट अनुमोदित)

केन्द्रीय सल्लाहकार परिषदमा मनोनयन
जीवन प्रभा लामा (काभ्रे)
मोती प्रसाद पंगाली (नवलपरासी पूर्व)
हरिप्रसाद पाण्डे (भक्तपुर)
विष्णुहरी शर्मा (कपिलवस्तु)

संघीय नेतृत्व मञ्चमा मनोनयन
तुलसी प्रसाद चौधरी (सप्तरी)
रामसिंह थारू (बर्दिया)
जीवन धामी (मोरङ)
प्रेमा चौधरी (कैलाली)
नवराज राना (कञ्चनपुर)
एकराज चौधरी (दाङ)

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ५ : ३४ बजे

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई