भूपदेव शाह बने रास्वपा महामन्त्री, बालेन पक्षका अन्य नेतालाई पनि नयाँ जिम्मेवारी « Khabarhub

भूपदेव शाह बने रास्वपा महामन्त्री, बालेन पक्षका अन्य नेतालाई पनि नयाँ जिम्मेवारी


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाह लाई महामन्त्रीमा मनोनयन गरेको छ। 

सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) को प्रस्तावमा शाहलाई महामन्त्री बनाउने निर्णय गरेको हो।

यसअघि २०८२ पुस १३ को सहमतिअनुसार बालेन पक्षबाट सुनिल लम्साल महामन्त्री बनेका थिए। तर लम्साल भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मा मन्त्री नियुक्त भएपछि उक्त पद रिक्त भएको थियो। सोही रिक्त पदमा भूपदेव शाहलाई जिम्मेवारी दिइएको हो।

बालेन काठमाडौं महानगरमा हुँदा शाह उनका नजिकका सहयोगीमध्ये एक मानिन्थे। फागुन २१ को निर्वाचनमा पराजित भएपछि शाह सक्रिय भूमिकाविहीन अवस्थामा थिए। नयाँ निर्णयसँगै उनलाई पार्टीको केन्द्रीय नेतृत्वमा जिम्मेवारी दिइएको हो।

निर्णय

महामन्त्री
भूपदेव शाह

सचिवालय सदस्य
सागर ढकाल
सरिता श्री ज्ञवाली
(सभापतिबाट प्रस्तावित, केन्द्रीय समितिबाट अनुमोदित)

केन्द्रीय सल्लाहकार परिषदमा मनोनयन
जीवन प्रभा लामा (काभ्रे)
मोती प्रसाद पंगाली (नवलपरासी पूर्व)
हरिप्रसाद पाण्डे (भक्तपुर)
विष्णुहरी शर्मा (कपिलवस्तु)

संघीय नेतृत्व मञ्चमा मनोनयन
तुलसी प्रसाद चौधरी (सप्तरी)
रामसिंह थारू (बर्दिया)
जीवन धामी (मोरङ)
प्रेमा चौधरी (कैलाली)
नवराज राना (कञ्चनपुर)
एकराज चौधरी (दाङ)

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ५ : ३४ बजे

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको