ओली-लेखक नछाडे प्रधानमन्त्रीलाई नै गोली हान्छु भन्ने‍ साजन पक्राउ परे « Khabarhub

ओली-लेखक नछाडे प्रधानमन्त्रीलाई नै गोली हान्छु भन्ने‍ साजन पक्राउ परे


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौको जेन-जी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई रिहा नगरे प्रधानमन्त्री वालेन्द्र शाहलाई नै गोली हान्छु भनेर धम्की दिने व्यक्ति पक्राउ परेका छन् ।

यद्यपि उक्त प्रकरणमा गत चैत १४ गते पक्राउ परेर पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक छुटिसकेका छन्।

सामाजिक सञ्जालमार्फत् धम्की दिएको आरोपमा पक्राउ पर्नेमा बझाङको थलरा गाउँपालिका–४ मयलका २० वर्षीय सानुभाइ भनिने साजन विष्ट हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सिनामंगलबाट हिरासतमा लिएको हो ।

साजनले सानुभाइ नामको फेसबुक एकाउन्टबाट ओली, लेखक र सम्पत्ति शुद्धीकरणमा पक्राउ पूर्वऊर्जा मन्त्री दीपक खड्कालाई रिहा गर्न सरकारलाई भनेका थिए । उनले अन्यथा, प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधन गुरुङलाई गोली हान्न आफ्नो टिम बाध्य हुने बताएका थिए ।

साजनले उक्त घटना गराउन एके४७ राइफल काठमाडौं ल्याइसकेको चेतावनी दिएका थिए । पक्राउ परेका उनीविरुद्ध साइबर कसुरमा अनुसन्धानका लागि साइबर ब्यूरो पठाइएको छ ।

उनी पाँच वर्षदेखि भारतको बैंगलोरमा बस्दै आएका थिए । उनले बैंगलोरमा फेन्सी स्टोरमा काम गर्ने गर्दै आएका थिए । विष्टले भारतमै पनि श्रृंखलाबद्ध अपराध गरेको खुलेको छ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ६ : २१ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण