सरोकार समितिले भन्यो- विपद् र साइबर बुलिङबारे गृहमन्त्रीसँग छलफल गर्छौँ  « Khabarhub

सरोकार समितिले भन्यो- विपद् र साइबर बुलिङबारे गृहमन्त्रीसँग छलफल गर्छौँ 


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले विपद् व्यवस्थापन र किशोरीहरूमाथिको साइबर बुलिङकोबारेमा गृहमन्त्रीसँग छलफल गर्ने भएको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले आगामी वैशाख १० गते मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनाका साथै किशोरीहरूमाथिको साइबर बुलिङका घटनाका विषयमा गृहमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको हो । 

त्यसलगतै किसानहरूको समस्याको सन्दर्भमा समेत छलफल गरिने समिति सभापति जयन्तीदेवी राईले जानकारी दिइन् । उनले तहगत संरचनाको विषयमा छलफलका लागि कार्ययोजना बनाइरहेको बताइन् । 

त्यस्तै समिति बैठकले समिति अन्तर्गतका विभिन्न तीन वटा उपसमितिहरूको पुनर्गठन गर्ने निर्णय गरेको छ । संघीयता सबलीकरण उपसमिति, अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षा उपसमिति र सामाजिक न्याय उपसमितिको पुनर्गठन गरिएको सभापति राईले बताइन् । 

समितिको कार्यक्षेत्र अन्तर्गत स्थलगत अध्ययन अनुगमनका लागि उपसमितिहरूलाई समेत क्रियाशील बनाइने उनको भनाइ छ ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ६ : ३४ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म