प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्ने धम्की दिएको आरोपमा एक जना पक्राउ « Khabarhub

प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्ने धम्की दिएको आरोपमा एक जना पक्राउ


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्ने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङलाई गोली हान्ने धम्की दिएको आरोपमा बझाङ जिल्ला थलरा गाउँपालिका वडा नं ४ मयल बस्ने सानु भाई भन्ने साजन विष्टलाई पक्राउ गरेको हो ।

उनलाई गत ५ गते काठमाडौंको सिनामंगलबाट पक्राउ गरी विद्युतीय कारोवार ऐन २०६३ को दफा ४७ बमोजिम कसुरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि साइबर व्यूरो भोटाहिटी पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनले सामाजिक सञ्जालमार्फत् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वमन्त्री दिपक खड्कालाई तुरुन्त रिहा नगरे प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्न बाध्य हुने धम्की दिएका थिए ।

यसका लागी एके४७ जस्ता अत्याधुनिक ठूला हतियारहरु काठमाडौँ भित्रिसकेको छ भनी सामाजिक संजालमार्फत् जनमानसमा त्रास फैलाउने र आफूले भनेका कुराहरु नमानेमा हालको प्रधानमन्त्री तथा गृहमन्त्रीलाई ज्यान मार्ने धम्कीपूर्ण भिडियो जारी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ६ : १८ बजे

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ