प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्ने धम्की दिएको आरोपमा एक जना पक्राउ « Khabarhub

प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्ने धम्की दिएको आरोपमा एक जना पक्राउ


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्ने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङलाई गोली हान्ने धम्की दिएको आरोपमा बझाङ जिल्ला थलरा गाउँपालिका वडा नं ४ मयल बस्ने सानु भाई भन्ने साजन विष्टलाई पक्राउ गरेको हो ।

उनलाई गत ५ गते काठमाडौंको सिनामंगलबाट पक्राउ गरी विद्युतीय कारोवार ऐन २०६३ को दफा ४७ बमोजिम कसुरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि साइबर व्यूरो भोटाहिटी पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनले सामाजिक सञ्जालमार्फत् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वमन्त्री दिपक खड्कालाई तुरुन्त रिहा नगरे प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्न बाध्य हुने धम्की दिएका थिए ।

यसका लागी एके४७ जस्ता अत्याधुनिक ठूला हतियारहरु काठमाडौँ भित्रिसकेको छ भनी सामाजिक संजालमार्फत् जनमानसमा त्रास फैलाउने र आफूले भनेका कुराहरु नमानेमा हालको प्रधानमन्त्री तथा गृहमन्त्रीलाई ज्यान मार्ने धम्कीपूर्ण भिडियो जारी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ६ : १८ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको