गगनसँग तीन अर्ब पैसा छ भनेपछि कान्छारामलाई कांग्रेसले सोध्यो स्पष्टीकरण « Khabarhub

गगनसँग तीन अर्ब पैसा छ भनेपछि कान्छारामलाई कांग्रेसले सोध्यो स्पष्टीकरण


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

ललितपुर- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला कार्यसमितिका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)सँग ३ दिने स्पष्टीकरण सोधेको छ।

केही दिनअघि उनले केन्द्रीय कार्यसमिति सभापति गगनकुमार थापासँग तीन अर्ब पैसा रहेको छ भनेर दिएको विवादित अभिव्यक्तिको भिडियो भाइरल भएको थियो । उनले फागुन २१ को चुनावमा एक अर्ब खर्च गर्दा पनि गगनले चुनाव जित्न नसकेको जिकिर गरेका थिए ।

यही प्रकरणमा कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, सानेपामा बसेको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

समितिका अनुसार तामाङले जिल्ला सभापति जस्तो जिम्मेवार पदमा रहँदा पदीय मर्यादाको ख्याल नगरी पार्टी र नेतृत्वविरुद्ध बदनियतपूर्ण, भ्रमपूर्ण तथा तथ्यहीन अभिव्यक्ति दिएका थिए ।

उक्त कार्य कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ उपधारा १ (क), (ख), (ग), (ङ) र (च) अनुसार अनुशासन उल्लंघन भएको ठहर गरिएको समितिले जनाएको छ।

यसै आधारमा विधानको धारा ३४ उपधारा ८ (घ) बमोजिम तामाङसँग ३ दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिइएको समितिले जनाएको छ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ७ : २६ बजे

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर